स्टुडेन्ट अफ द इयर २ : टाइगर श्राफको रोमान्स चंकी पाण्डेकी छोरीसँग
- Posted: Friday, Apr 06, 2018 13:37 PM ( 4 years ago )
चैत २२ - चलचित्र ‘बागी २’ सफल भएसँगै अभिनेता टाइगर श्राफ अर्को चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ को सुटिङका लागि जुटिसकेका छन् । यस चलचित्रको सुटिङ ७ अप्रिल देखि भारतको देहरादुनमा हुनेछ । यही चलचित्रको सुटिङका लागि अनन्या पाण्डे र निर्देशक पुनित मल्होत्रा आइतबार देहरादुन गएका छन् ।
यसअघि देहरादुनको दून स्कुल तथा एफआरआईमा चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ को पनि केही दृष्यहरु छायांकन गरिएको थियो । जुन चलचित्रबाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राले बलिउडमा डेब्यू गरेका थिए । चलचित्र 'स्टुडेन्ट अफ द इयर २' मार्फत चंकी पाण्डेकी छोरी अनन्या पाण्डे र तारा सुतारियाले बलिउडमा डेब्यू गरिरहेका छन् । यी दुबै नयाँ हिरोइनका साथमा अभिनेता टाइगर श्राफ हुनेछन् ।
यसअघि स्टुडेन्ट अफ द इयरको निर्देशन तथा निर्माण आफैँ गरेका करण जोहरले यो चदचित्रको सिक्वेलको निर्देशनको जिम्मा पुनित मल्होत्रालाई दिएका छन् भने धर्मा प्रोडक्शनको ब्यानरमा चलचित्र निर्माण हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...