Total Hits: 0

दुई कोरियाका उच्चअधिकारीको बैठक हुने

  • Posted: Thursday, Apr 05, 2018 17:18 PM ( 4 years ago )

चैत २० – उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यही महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो । 

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका बीचमा पहिलो पटक अप्रिल २७ का दिन भेटवार्ता हुन लागेको छ । दुई कोरियाबीचको संघर्ष अन्त्य गर्नका लागि भन्दै आयोजना गरिएको उत्तर कोरिया शिखर सम्मेलनका क्रममा उहाँहरुको भेटवार्ता हुने भएको हो । 

त्यही सम्मेलनको तयारीका लागि व्यवस्थापकीय तहको बैठक बिहीबार बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

मर्यादाक्रम, सुरक्षा व्यवस्था, सञ्चारमाध्यमको व्यवस्थापनलगायतका विषयमा यो बैठकमा छलफल हुने बताइएको छ । सम्मेलनमा सहभागी हुने नेता किमको यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठक केन्द्रीत हुने भएको छ । 

दुबै देशको सीमानामा पर्ने दक्षिण कोरियातर्फको पान्मुन्जोममा रहेको पिस होममा शिखर सम्मेलन हुने तय भएको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook