Total Hits: 0

फेसबुक र ट्वीटर चलाउने लत बस्यो, अब सचेत हुने पालो

  • Posted: Thursday, Apr 05, 2018 08:53 AM ( 5 years ago )

- विना न्यौपाने

काठमाडौं, चैत २२ – बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले मोबाइल हेर्ने बानी मेरो पनि छ । त्यसमा पनि फेसबुक र ट्वीटर । बिउँझिएपछि सबै काम छोडेर कहाँ के के भैरहेको छ र के कुरामा चर्चा भैरहेको भनेर हेर्नै पर्छ । त्यसपछि बल्ल साथीसँग कुराकानी सुरु हुन्छ । 

खासै धेरै च्याटमा व्यस्त त हुने गरेकी छैन, तर पनि आएको म्यासेजको रिप्लाई गरेकै हुन्छु । कहिलेकाहीँ त साथीसँग कुरा गर्दागर्दै अगाडि राखेको चिया सेलाएको पनि थाहा पाउँदिन । चौबीसै घण्टा मोवाइल र ल्यापटपमा व्यस्त हुन्छे भनेर घरमा कहिलेकाहीँ गाली पनि गर्नुहुन्छ । फेसबुक धेरै चलायो भनेर दिदी दुई दिनसम्म नबोलेको तीतो अनुभव पनि छ । 

तर मेरो लागि सामाजिक सञ्जाल एक खालको लत जस्तै भएको छ । फेसबुक तथा ट्वीटरमा राखिएका समाचार तथा साथीका पोष्ट हेर्दाहेर्दै समय बितेको पत्तै हुँदैन । आफ्ना काम भरे गरौंला, भोलि गरौंला, भन्दाभन्दै महिनौं धकेलिन्छन कहिलेकाहीँ त । एक हिसाबले हेर्दा सामाजिक सञ्जालप्रतिको लतले दैनिक गतिविधि नै अनियमित भएजस्तो लाग्छ । 

यसरी सामाजिक सञ्जालमा व्यस्त हुने मेरो जस्तै बानी धेरैको छ । घर वा कार्यालयमा मात्र होइन, बाटोघाटो प्रतिक्षालय अनि सार्वजनिक सवारी साधनमा समेत मानिस सामाजिक सञ्जालमा ब्यस्त देखिन्छन् । लाग्छ, मोबाइलबिनाको जीवन अब अपुरो हुन्छ । सामाजिक सञ्जालले जीवनको नभइ नहुने त होइन तर भए राम्रो हुने साधन बनिरहेको छ । सामाजिक सञ्जाल, जसले सिंगो विश्व नै मुठीमा कैद गरिदिएको छ ।

सामाजिक सञ्जालमा पनि फेसबुक सबैभन्दा बढि चलाईने बिभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । जसमा स्टाटस, च्याट, भ्वाइस कल, भिडियो कल लगायतको माध्यमबाट संसारको जुनसुकै कुनामा भएपनि एउटा मोबाइलको भरमा आफ्ना कुरा र गतिविधि साटासाट गर्न सकिन्छ । 
पहिले फेसबुकबाट च्याट मात्र गर्न मिल्थ्यो । तर अहिले फेसबुकमा मनमा लागेका कुरा, फोटो, भिडियो, अपलोड गर्न मात्र होइन भ्वाइस कल र भिडियो कल गर्न पनि मिल्ने भएको छ । 

फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल मनोरञ्जन र समाचारका लागि मात्र होइन साथीभाइ र आफन्तको अपडेट थाहा पाउने थलोका रुपमा पनि जीवनको अभिन्न अंग बन्दै गएको छ ।

धेरैको जीवन सजिलो बनाएपनि सामाजिक सञ्जाल कसैका लागि जीवन बर्बाद बनाउने माध्यम पनि बनेका छन् । प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानी नअपनाउँदा केही दुखद घटना पनि हुने गरेका छन् । मानिसको महत्वपूर्ण तथा उर्जाशील समय सामाजिक सञ्जालमा बर्बाद भैरहेको पनि छ । एकातिर पैसा र अर्कातिर समय मात्र होइन जीवन नै बर्बाद पनि भइरहेको छ ।

आफ्ना काम कर्तव्यप्रति कम र सामाजिक सञ्जालप्रति बढी लगनशील हुँदा यसले नकारात्मक असर पार्ने गर्छ । सामाजिक सञ्जालकै कारण सुन्दर घरपरिवार तहसनहस मात्र भएको छैन कतिपयले आत्महत्या गर्नुपर्ने अवस्था पनि आएको छ । 

तर समग्रतामा कुरा गर्दा सामाजिक सञ्जाल पछिल्लो समय जीवनका लागि सहयोगी नै बनेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर आफूलाई विश्वमा चिनाउने, मनग्ये आम्दानी गर्नेहरु पनि धेरै छन् ।

सामाजिक सञ्जाल अब मानिसका लागि सूचना, शिक्षा र मनोरञ्जनको तिर्खा मेट्ने एउटै थलो बनिरहेका छन् । तर सामाजिक सञ्जालले थपिरहेका विकृतिबाट कसरी बच्न  सकिन्छ भनर सोच्ने समय आइसकेको छ ।  

फेसबुक र ट्वीटर चलाउँदै गर्दा म यसले पार्न सक्ने नकारात्मक असरबारे सचेत हुन थालेको छु । तपाईं नि ?

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook