Total Hits: 0

झडपमा १८ तालिवान मारिए

  • Posted: Wednesday, Apr 04, 2018 17:58 PM ( 4 years ago )

चैत २१ – अफगानिस्तानमा मङलबार भएको झडपमा कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ । 

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिवान लडाकू मारिएका हुन् । 

अफगान गृहमन्त्रालयले बुधबार त्यसबारे जानकारी दिएको छ । अफगानिस्तानका विभिन्न स्थानमा नेटो र अमेरिकाआबद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाई बलले युद्धक विमानबाट तालिवान आतंककारीविरुद्ध कारबाही गर्दै आएको छ । 

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्ड तालिवानको बलियो प्रभाव रहेको प्रान्तका रुपमा रहेको छ । सो क्षेत्रमा पछिल्ला केही समयमा लगभग दिनहुँ जसो यस्तो कारबाही भइरहेको छ । 

जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्ध गर्दै आएका तालिवान लडाकूले भने केही टिप्पणी गरेका छैनन् । 

समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ कुनै हताहत भएको छैन । रातिको समयमा तालिवानहरुले सुरक्षा जाँच चौकीलाई बढी तारो बनाउने गरेका छन् । 
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook