Total Hits: 0

भारत बन्दमा हिंसात्मक प्रदर्शन, पाँचको मृत्यु, दर्जनौँ घाइते

  • Posted: Monday, Apr 02, 2018 17:02 PM ( 4 years ago )

चैत १९ – एससी–एसटी एक्टप्रति सर्वोच्च अदालतको फैसलाको विरोधमा सोमबार विभिन्न दलित संगठनले भारत बन्दको आह्वान गरेका छन् । 

भारत बन्दलाई विभिन्न राजनीतिक दलले पनि समर्थन गरेका छन् । दलित संगठनले अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम १९८९ मा भएको संशोधनलाई फिर्ता लिएर पहिलेकै अवस्थामा फर्काउन माग गरेका छन् । दलित संगठनले गरेको प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ । 

प्रदर्शनले पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, झारखण्डलगायतका राज्य बढी प्रभावित भएका छन्  । प्रहरीसँगको झडपमा उत्तर प्रदेशमा एक जना तथा मध्य प्रदेशमा ४ जनाको ज्यान गएको छ । कैयौँ स्थानमा भएको झडपमा दर्जनौँ प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

सर्वोच्च अदालतको फैसलामा केन्द्रीय सरकारले पुनर्विचारका लागि आवेदनपत्र दर्ता गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook