Total Hits: 0

​चीनले दियो अमेरिकालाई ‘जस्तालाई त्यस्तै’ जवाफ

  • Posted: Monday, Apr 02, 2018 11:34 AM ( 4 years ago )

चैत १९ – चीनले आफ्ना सामानको सीमा शुल्क बढाउने अमेरिकी निर्णयलाई उस्तै जवाफ दिएको छ । अमेरीकामा निर्यात हुने चिनीयाँ सामानमा अमेरिकाले सीमा शुल्क बढाएपछि चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा २५ प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको छ । 

चीनले चीनमा निर्यात हुने १ सय २८ प्रकारका अमेरिकी सामानको सीमा शुल्क २५ प्रतिशतसम्म बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसमा सुँगुरको मासु तथा रक्सीलगायत सामान छन् । चीनको यो निर्णयले अमेरिकी अर्थतन्त्रमा ३ विलियन अमेरिकी डलरभन्दा बढीको प्रभाव पर्ने आँकलन गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चिनीयाँ सामानमा निर्यात शुल्क बढाएको घोषणा गरेपछि चीनले अमेरिकामा निर्यात गर्ने सामानको शुल्क बढेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook