Total Hits: 0

​एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

  • Posted: Monday, Apr 02, 2018 09:38 AM ( 5 years ago )

काठमाडौं, चैत १९ – एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजना अन्तर्गत परीक्षार्थीले मात्र एक रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् । 

यो अफर सोमबारदेखि लागू भएको पनि कम्पनीले जनाएको छ ।  एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवाप्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । 

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने पनि कम्पनीले जनाएको छ ।
 
साथै एक वर्षसम्म ५० रुपैयाँ वा त्योभन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा एकसय रुपैयाँ एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ । 

यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने एनसेलले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook