Total Hits: 0

दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

  • Posted: Sunday, Apr 01, 2018 20:00 PM ( 4 years ago )

चैत  १८  – दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको ज्यान गएको छ । 

त्यस झडपमा तीन सैनिक र दुई सर्वसाधारण नागरिकको ज्यान गएको छ । झडपका विषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा जम्मु तथा काश्मिर क्षेत्रका प्रहरी प्रमुख एस पी वाइदले भन्नुभयो, ‘आइतबार आतङ्कवादी समूहविरुद्ध व्यापक प्रतिकार भएको र झडपमा परि कम्तिमा ११ जना विद्रोही लडाकू, तीन सैनिक र दुई सर्वसाधारणको ज्यान गएको छ ।’ 

सुरक्षाकारबाहीमा त्यस क्षेत्रमा सक्रिय हिजवुल मुजाहिद्दिन तथा लस्कर–ए–तैवा समूहमा आवद्ध विद्रोही विरुद्ध ठूलो सफलता पाएको स्थानीय अधिकारीले बताउनुभयो । 

सोपियानमा भएको सुरक्षा कारबाहीका क्रममा तीन सैनिक जवानले शाहदत प्राप्त गरेका छन् भने भिडन्तका क्रममा भत्किएका संरचना हटाउने क्रममा तीन विद्रोहीको मृतशरीर भेटिएको बताइएको छ । 

कचेदुरा क्षेत्रमा भएको दोहोरो झडपमा २५ जना सर्वसाधारणलाई गोलीका छर्रालागि सामान्य घाइते भएका छन् भने छ जनालाई गहिरो चोट लागेको छ । 

सोपियानमा विद्रोहीसँग ठूलो सङ्ख्यामा स्थानीयहरू आएका कारण प्रहरीको जवाफी कारबाहीमा केही सर्वसाधारणसमेत घाइते हुन पुगेका प्रहरी इन्सपेक्टर जनरल जुल्फिकार हसनले बताउनुभयो । 
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook