चीनको त्याङगङ–१ स्पेश स्टेशन सोमबार पृथ्वीमा खस्ने
- Posted: Sunday, Apr 01, 2018 16:46 PM ( 3 years ago )
चैत १८ – चीनले अन्तरिक्षमा पठाएको त्याङगङ–१ स्पेश स्टेशन २४ घण्टाभित्र वायुमण्डलमा आइपुग्ने युरोपियन स्पेश एजेन्सीले अनुमान गरेको छ ।
त्याङगङ–१, नाम दिइएको त्यो स्पेश स्टेशन सन् २०११ मा अन्तरिक्षमा पुगेको थियो । त्यो स्पेश स्टेशनले सन् २०१६ सम्म काम गरेको थियो । अहिले काम गर्न बन्द गरेको स्पेश स्टेशन टुक्रा टुक्रा भएर तल झर्ने भएकाले त्यसले पृथ्वीमा खासै असर नगर्ने चीनको म्यानन्ड स्पेश इन्जिनियरिङ कार्यालयले जनाएको छ ।
त्यो कहाँ खस्छ त ?
चीनले सन् २०१६ मा त्यो स्पेश क्र्याफ्ट नियन्त्रणभन्दा बाहिर गएकाले कहाँ खस्छ भन्न नसकिने बताएको थियो । यूरोपियन स्पेश एजेन्सीले त्यस स्पेशक्र्याफ्ट पृथ्वीको ४३ डिग्री उत्तर र ४३ डिग्री दक्षिणी अक्षांशबीचको भूमध्यरेखाको स्थानमा खस्न सक्ने जनाएको छ ।
युरोपियन स्पेश स्टेशनले त्यो स्पेश क्र्याफ्ट न्यूजिल्याण्डदेखि अमेरिकाको उत्तरीमध्य भागतिर खस्न सक्ने जनाएको छ ।
त्यो कसरी खस्छ ?
त्यो स्पेश स्टेशन बिस्तारै पृथ्वीतिर झर्दै आएको छ । त्यो स्पेश स्टेशन जति वायुमण्डलको नजिक आयो, त्यति नै धेरै छिटो खस्ने अष्ट्रेलियन सेन्टर फर स्पेश इन्जिनियरिङ रिसर्चका उप–निर्देशक डाक्टर इलियास अबुनटानियसले बताउनु भएको छ ।
त्यो स्टेशन प्रतिकिलोमिटर २६ हजार किलोमिटर प्रतिघण्टाको दरले पृथ्वीतिर खस्ने छ । उहाँका अनुसार त्यो स्टेशन पृथ्वीको हजार किलोमिटर नजिक आएपछि तातेर बल्न थाल्नेछ ।
तर, त्यस स्पेश स्टेशनले पृथ्वीमा खतरा उत्पन्न नगराउने वैज्ञानिकले बताएका छन् । ८.५ टनसम्मको स्पेश स्टेशन वायुमण्डलबाट पृथ्वीमा खस्दा वायुमण्डलमा नै टुक्रा–टुक्रा भएर सकिने वैज्ञानिकको अनुमान छ । स्पेश क्र्याफ्टको केही नजल्ले भाग पृथ्वीसम्म खस्न सक्ने वैज्ञानिकले जनाएका छन् ।
स्पेश क्र्याफ्टमा रहेको इन्धनको ट्याङ्क र रकेटको इन्जिन वायुमण्डलबाट पृथ्वीसम्म आउनसक्ने वैज्ञानिकहरुको अनुमान छ । स्पेशका केही भाग पृथ्वीमा खसे पनि त्यसले मानव र मानव बस्तीलाई असर गर्नेसम्भावना न्यून रहेको वैज्ञानिकको भनार्इ छ ।
वैज्ञानिकका अनुसार त्यस्ता रकेट पृथ्वीमा खस्दा बाँकी रहेको केही भाग समुन्द्रमा खस्ने गरेको छ । साधारणतया त्यो रकेटसँग स्पेश स्टेशनको सञ्चार हुनसक्ने भएकाले पृथ्वीमा खस्नुभन्दा अगाडिसम्म त्यस्तो रकेटलाई नियन्त्रण गर्ने सम्भावना उच्च हुने वैज्ञानिकहरुले बताएका छन् ।
वायुमण्डलमा स्पेश क्र्याफ्टको जलेर बाँकी रहेको भाग दक्षिण प्यासिफिक समुन्द्रमा खस्न सक्ने अनुमान छ । त्यस ठाउँ अष्ट्रेलिया, न्यूजिल्याण्ड र उत्तर अमेरिकाकोबीचमा पर्ने छ । त्यस ठाउँको १५ सय वर्ग किलोमिटरमा यसअघि पनि स्टलाइट र स्पेश क्र्याफ्टको बाँकी अंश खस्ने गरेको थियो
के हो त्याङगङ–१ ?
सन् २००१ मा चीनले जनावरलाई अन्तरिक्षमा पठाएर अन्तरिक्ष यात्रामा फड्को मारेको थियो ।
सन् २००३ मा चीनले अन्तरिक्षयात्रीलाई अन्तरिक्ष यात्रामा पठायो । त्योभन्दा अगाडि सोभियत संघ र अमेरिकाले अन्तरिक्ष यान पठाइसकेका थिए । चीनले सन् २०११ मा त्याङगङ–१, अन्तरिक्षमा पठाएको थियो ।
त्यो स्टेशनले थोरै समय काम गर्ने अनुमान गरिएको थियो । चीनको त्यही स्पेशन स्टेशन सञ्चालनका समयमा चीनकी पहिलो महिला अन्तरिक्ष यात्री लिउ याङले सन् २०१२ मा अन्तरिक्षको भ्रमण गरेकी थिइन् ।
यो स्पेश स्टेशनले वैज्ञानिकहरुले अनुमान गरेभन्दा २ वर्षपछिसम्म सञ्चालनमा आएको बीबीसीले जनाएको छ । सन् २०१६ मा यसको कार्य अवधि सकिएको थियो । चीनले सन् २०२२ सम्मका लागि त्याङगङ–२, को स्पेश स्टेशन सञ्चालनमा ल्याउँदै छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...