Total Hits: 0

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

  • Posted: Sunday, Apr 01, 2018 15:15 PM ( 4 years ago )

चैत १८ – दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । 

उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ । अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लागेको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने हो कि भन्ने प्रश्न जनमानसमा उठेको छ ।

यद्यपि यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । अधिकारीहरुले आइतबार बिहान सबेरैबाट यस्तो सैन्य अभ्यास सुरु भएको बताएका छन् । यस अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ । त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सो अभ्यासमा रहेका पनि बताइएको छ । 

दक्षिण कोरियाको रक्षामन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र यी दुई देशबीचको नियमित प्रक्रिया हो भनेको छ । यो सैन्य अभ्यास केही महिना अघि नै गर्ने भनिएको थियो । तर ढिलागरी आइतबार सुरु भएको अधिकारीहरुले जनाएका छन् । यहाँ अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरुको पनि प्रदर्शन गरिने भएको छ । यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन । 

हालैका दिनहरुमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ । 

यसैका लागि गएकाे बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्किएका थिए । उनले अणुअस्त्र कार्यक्रम उत्पादान नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताएका थिए । 

यसैकारण संयुक्तराज्य अमेरिका पनि उत्तर कोरियासँग वार्ताका लागि सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा स्पष्ट गरिसक्नुभएको छ । विकसित घटनाक्रमअनुसार उत्तर र दक्षिण कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook