Total Hits: 0

​टाउको छुट्टिएर पनि १८ महिनासम्म कसरी बाँच्यो यो कुखुरा ?

  • Posted: Friday, Mar 30, 2018 18:30 PM ( 4 years ago )

चैत १६ – अमेरिकामा ७३ वर्ष पहिले एक जना किसानले एउटा कुखुराको टाउको काटेका थिए । तर त्यो कुखुरा मरेन, १८ महिनासम्म जीवित नै रह्यो ।

 

सबैलाई अचम्मित पार्ने यो घटनापछि यो कुखुरा ‘मिराकल माइक’ को नामबाट चर्चित भयो । 

टाउको छुट्टिएपछि पनि कसरी बाँच्यो कुखुरा ?

१० सेप्टेम्बर १९४५ मा अमेरिकाको कोलोराडोमा रहेको एउटा फार्म हाउसमा लोयल ओल्सेन र उनकी श्रीमती क्लाराले कुखुरा काटिरहेका थिए । उनीहरुले त्यस दिन ४०–५० वटा कुखुरा काटेका थिए । तर तीमध्ये एउटा कुखुराको टाउको छुट्टिएर पनि मरेन । 

ओल्सेन र क्लाराका पनाति ट्रोय वाटर्स भन्छन्, ‘जब उहाँहरु आफ्नो काम सकेर मासु उठाउन लाग्नुभयो, त्यति बेला एउटा कुखुरा बिना टाउको नै दौडिरहेको थियो ।’

दम्पतीले त्यो कुखुरालाई बाकसमा राखे । तर अर्को दिन बिहान कुखुरा जिउँदै देखेर उनीहरु हैरान बने । 

बाल्यकालमा वाटर्सले आफ्नो जिजुहजुरबुवाको कथा सुन्ने गरेका थिए । अमेरिकाको कोलोराडोमा रहेको फ्रूटामा हरेक वर्ष ‘हेडलेस चिकेन’ महोत्सव मनाइन्छ । 

वाटर्स भन्छन्, ‘बजारमा मासु बेच्न जाने बेला उहाँहरुले टाउको नभएको कुखुरा पनि लैजानु भयो । त्यस बेला घोडा गाडी हुने गर्दथ्यो । बजारमा धेरैले यसलाई पत्याएनन्, त्यसैले धेरैले बियर तथा अन्य कुरामा शर्त लगाए ।’

यो कुरा हावासरी पूरा फ्रूटामा फैलियो । एउटा स्थानीय अखबारले ओल्सेनसँगको कुराकानीका लागि रिपोर्टर पनि पठायो । 

अमेरिका भ्रमण

ओल्सेन पहिले साल्ट लेक पुगे । त्यसपछि उनी यूटा विश्वविद्यालय पुगे । त्यहाँ ‘माइक’ को जाँच गरियो । विश्वविद्यालयका वैज्ञानिकले टाउको काटेपछि पनि कुखुरा बाँच्छ कि बाँच्दैन भन्ने पत्ता लगाउन धेरै कुखुरा काटे । 

माइकलाई ‘मिराकल माइक’ नाम होप वेडले दिएका थिए । यसमा ‘लाइफ म्यागेजिन’ पनि स्टोरी गरेको थियो । 

त्यसपछि लोयड र क्लारा माइकलाई लिएर पूरा अमेरिका भ्रमणमा निस्किए । उनीहरु क्यालिफोर्निया, एरिजोना तथा अमेरिकाको दक्षिण पूर्वी राज्यमा पनि गए ।

 

भ्रमणमा क्लाराले थुप्रै यस घटनासँग जोडिएका कुराहरु नोटमा उतार्थिन् । 

तर सन् १९४७ मा एरिजोनाको फिनिक्समा पुग्या बेला माइकको मृत्यु भयो । माइकलाई पटक–पटक जुस दिइन्थ्यो । उसको भोजन नली सिरिन्जको सहायताले सफा गरिन्थ्यो । तर एक रात ओल्सेनले सिरिन्ज बिर्सिए । माइकको श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

आर्थिक अवस्थामा सुधार

वाटर्स भन्छन्, ‘वर्षौँसम्म ओल्सेनले दावी गरिरहनुभयो कि उहाँले माइकलाई बेचिदिनुभएको थियो । तर एक रात उहाँले मलाई माइक मरेको बताउनुभयो ।’

तर ओल्सेनले माइकका बारेमा कहिल्यै केही बताएनन् तर माइककै कारण उनको आर्थिक अवस्थामा भने निकै सुधार आएको थियो । 

न्यूकासल विश्वविद्यालयका सेन्टर फर बिहेबियर एन्ड इभोलुसन’ का चिकेन एक्सपर्ट डाक्टर टोम स्मल्डर्स भन्छन्, ‘कुखुराको पूरा टाउको उसको आँखा पछाडिको एउटा सानो हिस्सामा हुन्छ ।’ रिपोर्टका अनुसार माइकको ठूँड, अनुहार तथा आँखा निस्किएको थियो । तर उसको मस्तिष्कको ८० प्रतिशत हिस्सा बचेको थियो । त्यसैले उसको शरीर, धडकन, तथा पाचनतन्त्र चलेको बताइन्छ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook