Total Hits: 0

६ दिनपछि अन्ना हजारेले तोडे भोक हडताल

  • Posted: Thursday, Mar 29, 2018 22:13 PM ( 4 years ago )

चैत १५ – भ्रष्टाचार विरुद्धको आन्दोलन चलाइरहेका भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारेले बिहीबार साँझ आफ्नो भोक हडताल तोडेका छन् । 

उनी गएको ६ दिनदेखि दिल्लीको रामलीला मैदानमा अनसनमा थिए  । भारत सरकारको तर्फबाट केन्द्रमा लोकपाल तथा राज्यमा लोकायुक्तको नियुक्ति गरिने प्रतिवद्धता आएपछि हजारेले अनसन तोडेका हुन् । 

हजारेको अनसन तोडाउन महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा केन्द्रीय कृषि राज्य मन्त्री गजेन्द्रसिंह शेखावत रामलीला मैदान पुगेका थिए । दुवैसँगको कुराकानीपछि हजारे अनसन तोड्न राजी भएका थिए । 

उनले सरकारलाई आफ्नो माग पूरा गर्न आउँदो अगस्टसम्मको समयसीमा दिएका छन् । त्यस बेलासम्म पनि माग पूरा नभए सेप्टेम्बरमा अनसन बस्ने उनले बताए । भोक हडतालमा बसेका ८० वर्षीय हजारेले लोकपाल तथा लोकायुक्तको नियुक्तिको साथै किसानलाई अन्नको उचित मूल्य दिनुपर्ने माग पनि राखेका थिए । 

यसअघि सन् २०११ म पनि अन्ना हजारे लोकपालको माग राख्दै भोक हडतालमा बसेका थिए । त्यसपछि दिल्लीमा लोकपाल तथा लोकपाल एक्ट २०१३ पारित भएको थियो तर केन्द्रमा अहिलेसम्म हुन सकेको छैन । 

अनसन बस्नुभन्दा अघि अन्ना हजारेले मोदी सरकारप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका थिए । उनले गएको चार वर्षमा केन्द्र सरकारलाई ४३ वटा पत्र पठाए पनि एउटाको पनि जवाफ नआएको बताएका थिए । 

दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी अन्ना हजारेको सामाजिक आन्दोलबाटै उदाएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook