वायु प्रदुषणको जानकारी दिन ‘सफा हावा एप’ सार्वजनिक
- Posted: Thursday, Mar 29, 2018 16:22 PM ( 5 years ago )
काठमाडौं, चैत १५ – वायु प्रदुषणको जानकारी दिने ‘सफा हावा एप’ काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।
वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडी र नेपालका लागि अमेरिकी राजदूत एलिना बी तेप्लिजले ‘सफा हावा एप’ सार्वजनिक गर्नुभएको हो । नेपालका लागि अमेरिकी राजदूतावास र विधि प्रालिले सयुक्त रुपमा ‘सफा हावा एप’ बनाएका हुन् ।
काठमाडौंका विभिन्न क्षेत्रको वायुको गुणस्तरबारे जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ सार्वजनिक गरिएको हो । यो एपले वायुको अवस्थाबारे प्रयोगकर्ताहरुलाई जानकारी गराउने बताइएको छ ।
एपले दुषित वायुबाट बच्ने उपायबारे पनि जानकारी गराउने जनाइएको छ । मोबाइल एपको रुपमा स्थापना गरिएको ‘सफा हावा एप’बाट प्रत्येक घण्टामा वायुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । यस एपले प्रयोगकर्तालाई हावामा रहेको प्रदुषण र प्रदुषण गराउने मूख्य कारणको पनि जानकारी गराउने जनाइएको छ ।
एपले कुन समयमा हावाको प्रदुषण बढी हुन्छ भन्ने विषयमा पनि जानकारी गराउँछ । एपले हावाले स्वास्थ्यमा पुर्याउने असरबारे पनि जानकारी दिनेछ । एपको मूख्य उद्देश्य नागरिक र सरकारलाई हावा प्रदुषणबारे जानकारी गराउने रहेको छ ।
अहिले सफा हावा एपले काठमाडौंको मात्र हावाको प्रदुषणबारे जानकारी गराए पनि पछि देशभरिकै हावाको जानकारी गराउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...