Total Hits: 0

​ट्रम्प, पुटिन र जिनपिङलाई टक्कर दिँदै मोदी

  • Posted: Thursday, Mar 29, 2018 14:33 PM ( 4 years ago )

चैत १५ – टाइम म्यागेजिनको सय जना प्रभावशाली व्यक्ति सूचीको दाबेदारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अग्रपंक्तिमा रहनु भएको छ ।

 

त्यस्तै उनीसँगै माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्या नडेला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा चीनका राष्ट्रपति सि जिनपिङ पनि प्रतिस्पर्धामा रहेका छन् । टाइमको सूचीमा समसामयिक विश्वमा प्रभाव पार्ने व्यक्तिलाई सहभागी गरिन्छ । 

टाइमले हरेक वर्ष विभिन्न क्षेत्रमा प्रभाव पार्ने प्रभावशाली व्यक्तिहरुको सूची निकाल्ने गर्दछ । यसमा विश्वभरमा आ–आफ्ना क्षेत्रमा उल्लेखनीय काम गर्ने कलाकार, नेता, वैज्ञानिक तथा उद्योगीहरु पर्ने गर्छन् । 

यस वर्षको सूची आउँदो महिना सार्वजनिक हुनेछ । प्रभावशाली व्यक्तिको सूची टाइमका सम्पादकहरुको टिमले तयार पार्दछ । तर यस वर्ष टाइमले पाठकहरुलाई पनि प्रभावशाली व्यक्ति छानोट गर्न अनलाइन भोट गर्ने व्यवस्था मिलाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०१६ तथा २०१७ टाइमको प्रभावशाली सूचीका लागि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । टाइमका सम्पादकले मोदीलाई सन् २०१५ मा १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा राखेका थिए ।

पत्रिकाका लागि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोदीका बारेमा एउटा लेख लेख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook