Total Hits: 0

भेनेजुयलाको कारागारमा झडपपछि आगलागी : ६८ जनाको मृत्यु

  • Posted: Thursday, Mar 29, 2018 14:04 PM ( 4 years ago )

चैत १५ – भेनेजुएलाको भ्यालेन्सिया शहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा ६८ जनाको ज्यान गएको छ ।

भ्यालेन्सिना शहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ । 

केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परेर ज्यान गुमाएका छन् । झपड र दंगामा कम्तीमा पनि ६८ जनाले ज्यान गुमाएको अन्तराट्रिय समाचार संस्थाले जनाएका छन् ।

भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताउनुभएको छ । 

खचाखच बन्दीहरु राखिएको बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको र त्यसका कारण थुनुवाहरू भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरुले बन्दीगृहमा राखिएका विछ्यौनाहरुमा आगो लगाएका थिए । 

त्यसपछि आगलागी सुरू भएको प्रहरी अनुसन्धानको पछिल्लो विवरणमा जनाइएको छ । थुनुवाहरुलाई भेट्न गएका आफन्तहरुले पनि आगोका कारण धेरैका ज्यान गएको बताएका छन् । 

यस झडप र आगलागीको खबरपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा थुनुवालाई भेट्न पुगेका उनीहरुका आफन्त पनि परेको बताइएको छ । 

प्रहरीले उनीहरुलाई दुर्घटनास्थलबाट हटाउन खोजेको भए पनि थुनुवा र प्रहरीको भिडन्तको बीचमा उनीहरु परेका थिए । प्रहरीले त्यस क्रममा अश्रु ग्यास प्रहार गरेको र बल समेत प्रयोग गरेको थियो । 

त्यस बन्दीगृह काराबोबो राज्यमा पर्दछ । त्यस राज्यका एक सरकारी अधिकारीले जानकारी दिए अनुसार आगलागीको घटनापछि थप प्रहरी परिचालन गरिएको र त्यसपछि झनै ठूलो दंगा भएको थियो । 

त्यस क्रममा कारागारभित्र भने धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला र बालबालिका परेका छन् । 

भेनेजुएलाका बन्दीगृहमा क्षमताभन्दा पनि बढी कैदीहरु राख्ने गरिन्छ । जसका कारण यहाँका कारागारहरुमा यस्ता हिंसात्मक झडपहरू समय समयमा हुने गरेको छ ।
–रासस 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook