काठमाडौंका सडकमा अत्याधुनिक ट्राफिक लाइट : पैदलयात्रुलाई अलमलसँगै सजिलो
- Posted: Thursday, Mar 29, 2018 07:42 AM ( 3 years ago )
काठमाडौं, चैत १५ – अनामनगरका शिवकुमार रम्तेललाई बानेश्वर चोकमा सडक पार गर्नु थियो । उहाँ ट्राफिकको इशारा कुरेर बसेको १५ मिनेट भैसकेको रहेछ ।
सडकमा ट्राफिकलाइट जडान गरिएको उहाँलाई बल्ल थाहा भयो । ट्राफिकलाइटले देखाएबमोजिम सडक वारपार गर्नुपर्छ भन्ने थाहा पाएपछि उहाँले संकेत हेरेर सडक पार गर्नुभयो ।
१० वर्षपछि ट्राफिकलाइट बल्दा रम्तेलजस्तै धेरै पैदलयात्रु र गाडी चालक पहिलोपटक यसैगरी अलमलमा पर्ने गरेका छन् । ट्राफिक प्रहरीका हवल्दार रामनारायण ढुंगेलले भर्खरैमात्र ट्राफिकलाइट सन्चालनमा आएकाले यात्रु र गाडीचालक अलमलिए पनि चाँडै सहज व्यवस्थापन हुने बताउनुभयो ।
अत्याधुनिक प्रविधि
अहिले काठमाडौं महानगरभित्रका मुख्य सडकचोकहरुमा अत्याधुनिक ट्राफिकलाइट जडान गरिएको छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगर र सडक विभागले ट्राफिक महाशाखासँगको समन्वयमा ट्राफिकलाइट राख्न थालेका हुन् ।
मंगलबार अत्याधुनिक २ ट्राफिकलाइट नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा जडान गरी सञ्चालनमा ल्याइएको छ । साथै सात ठाउँमा रहेको ट्राफिकलाइटलाई मर्मत गरी सञ्चालन गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
पद्मोदयमोड, नारायणहिटिको दक्षिणगेट, महानगरपालिकाको कार्यालय अगाडि बागदरबार, सिंहदरबार, सोल्टीमोड लगायतका ठाउँमा मर्मत गरी सन्चालनमा ल्याईएको हो । बानेश्वर र महाराजगन्जचोकमा राखिएको ट्राफिकलाइट वायरलेस र रिमोट कन्ट्रोलबाट सञ्चालन हुनेछ ।
ती सडकमा राखिएको ट्राफिकलाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुमबाट निगरानी र नियन्त्रण गर्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिकलाइट राख्ने ठेक्का यार्सा टेक्नोलोजी प्रालिले लिएको थियो । सोलारबाट सञ्चालन हुने ट्राफिकलाइट नेपाली प्रविधिमा आधारित रहेको ठेकेदार कम्पनीले जनाएको छ ।
सबै चोकहरुमा जडान गरिएको ट्राफिकलाइटहरुमा एकअर्कामा कनेक्सन गर्न सकिन्छ । तर अहिले भने जडान गरिएको छैन । विशिष्ठ व्यक्तिहरुको सवारी हुँदा तथा एम्बुलेन्स दमकल लगायत महत्वपूर्ण सवारीलाई सहज रुपमा सञ्चालन गर्न ट्राफिकलाइटलाई रिमोट मार्फत नियन्त्रण गर्न सकिन्छ ।
महाराजगञ्जमा राखिएको अत्याधुनिक प्रविधिले कति र कस्ता गाडी गुडे र सवारी नियम उलंघन गरे भन्ने समेतको तथ्यांक राख्ने छ । भिडियो सामग्री नै सुरक्षित रहने भएकाले ट्राफिक प्रहरीले सवारी नियम उलंघन गर्नेको पहिचान पनि गर्न सक्छ ।
उपत्यकाको मुख्य सडकहरुमा रहेको ३५ चोक र भित्रीसडकहरुमा रहेको चोकमा समेत तत्काल नै ट्राफिकलाइट आवश्यक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले उज्यालोलाई बताउनुभयो ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सडक सहज बनाउन विभागसँग समन्वय गरी सबै ठाउँमा ट्राफिकलाइट सन्चालन गरिने जानकारी दिनुभएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख खनालका अनुसार सडकमा ट्राफिकलाइट ब्यवस्थापन भए झण्डै आधा जनशक्तिले ट्राफिक व्यवस्थापन हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...