सामसुङ एस–९ र एस–९ प्लस नेपाली बजारमा
- Posted: Tuesday, Mar 27, 2018 19:18 PM ( 3 years ago )
काठमाडौं, चैत १३ – सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको वितरण सुरु गरेको छ ।
सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने कम्पनीको दाबी छ ।
सुपर स्लो–मो र एआर इमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले नयाँ सन्तुष्टि प्राप्त गर्ने सामसङ मोबाइल फोन सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताउनुभयो ।
ग्यालक्सी एस–९ प्लस को नेपाली मूल्य १ लाख ४ हजार ९ सय र एस–९ को ९२ हजार ९ सय रुपैयाँ रहेको सामसुङले जनाएको छ । ५ हजारको ‘क्यासब्याक’ अफर छुट गरी ग्रहकहरुले सामसुङ एस–९ प्लसको मूल्य ९९ हजार ९ सय रुपैयाँ र सामसुङ एस–९, को मूल्य ८७ हजार ९ सय तोकिएको सामसुङले जनाएको छ ।
यी दुई नयाँ फोनहरु लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा उपलब्ध छन् । सामसङले यी फोन खरिदकर्ताहरुलाई लक्षित गर्दौ १२ हप्ताको लागि १२ सय जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । त्यस्तै, सामसुङले यी फोन खरिदकर्ताका लागि शिखर बीमाको सहयोगमा एक वर्षे बीमा गरिदिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...