Total Hits: 7.4 K

डीपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर्स’ लाई सुनको जुत्ता !

  • Posted: Sunday, Mar 25, 2018 14:31 PM ( 3 years ago )

काठमाडौं, चैत ११ – चैत १७ गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग(डीपीएल) का माेस्ट भ्यालुएबल प्लेयर्सले सुनको जुत्ता पाउने भएका छन् ।

 

लोकप्रिय नेपाली ब्रान्डको जुत्ता गोल्ड स्टारको उत्पादक किरण शुज र डीपीएलबीच आाइतबार एक कार्यक्रमका बीच १६ लाख रुपैयाँ बराबरको सम्झौता भएको छ । सम्झौता अनुसार किरण शुजले ९ लाख रुपैयाँ नगद तथा ७ लाख बराबरको अन्य सामग्री उपलब्ध गराउने भएको हो । 

यही सम्झौता अनुसार डीपीएलका सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने भएका हुन् । देशमै पहिलोपल्ट मोस्ट भ्यालुएबल प्लेयर्सलाई डीपीएलले सुनको जुत्ता प्रदान गर्न लागेको हो । जुत्ताको बाहिरी भागमा पूरै सुन हुने र भित्री भाग चाँदीको हुने आयोजकले जनाएको छ । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि दिँइदै आइएको म्यान अफ् द सिरिज पुरस्कार भने यथावत रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो । म्यान अफ् द सिरिजलाई मोटरसाइकल प्रदान गरिनेछ । माेस्ट भ्यालुएबल प्लेयर्स छनाेट धनगढी क्रिकेट एकेडेमीकाे प्राविधिक समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook