कतै फेसबुकमा तपाईंको व्यक्तिगत जानकारी चोरिएको त छैन ?
- Posted: Tuesday, Mar 20, 2018 13:47 PM ( 3 years ago )
चैत ६ – करोडौँ प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी भएको समाचार सार्वजनिक भएसँगै फेसबुकको शेयर ह्वात्तै घटेको छ ।
सोमबार अमेरिकी शेयर बजारमा फेसबुकको शेयरमा भारी गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गरेको आरोप लाग्दै आएको छ ।
न्यूयोर्क स्टक एक्सचेन्जमा यो समाचारको प्रभाव परेको देखियो । सोमबार फेसबुकको शेयर ६.८ प्रतिशतले घटेको थियो । फेसबुकले यो गम्भीर आरोप भएको बताउँदै यसको व्यापक छानविनको माग गरेको छ । उसले क्याम्ब्रिज एनालिटिकललाई निलम्बित गरेको छ । अमेरिका तथा कैयौँ यूरोपेली देशका सरकारले यो आरोप गम्भीर भएको बताउँदै यसको छानविन हुनुपर्ने माग गरेका छन् ।
बेलायतकी प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले यसलाई गम्भीर विषय भएको बताएका छन्, ‘मानिसहरुलाई आफ्ना व्यक्तिगत जानकारीहरु सुरक्षित छ भन्ने पक्का भरोसा हुनु आवश्यक छ । यसको प्रयोग उचित तरिकाले हुनुपर्छ । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएको आरोपलाई गम्भीर विषय बताउँदै फेसबुकलाई उचित कदम उठाउन माग गरेका छन् ।
कतिपयले आम नागरिकको व्यक्तिगत जानकारी बेचेर फेसबुकले पैसा कमाइराखेको आरोप पनि लगाएका छन् । जब कुनै विज्ञापनदाताले एउटा लक्षित उमेर समूहलाई केन्द्रित गरेर विज्ञापन गर्न चाहन्छ भने त्यो फेसबुकले सम्भव गरिदिन्छ । फेसबुक प्रयोगकर्ता शेयर गरेका सामग्रीहरु कुनै अमुक कम्पनीलाई फेसबुकले बेच्ने गर्दछ ।
तपाईं फेसबुकका लागि उत्पादन हुनुहुन्छ भने विञापनदाता कस्टमर । फेसबुकलाई मात्रै यस्तो आरोप लागेको होइन, गूगल, माइक्रोसफ्ट, याहो, अमेजन तथा ट्विटरलाई पनि प्रयोगकर्ताका व्यक्तिगत जानकारी तेस्रो पार्टीलाई बेचेको आरोप लाग्दै छ ।
–एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...