Total Hits: 0

नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन

  • Posted: Sunday, Mar 18, 2018 07:54 AM ( 3 years ago )

हरि हुमागाई/उज्यालो । 

मकवानपुर, चैत ४ – मकवानपुर र चितवनको सिमानामा रहेको लोथर खोलामा तीन वटा एक्साभेटरले ढुङगा, गिट्टी र वालुवा उत्खनन् गरेर विना रसिद एक करोड २० लाख रुपैयाँ अवैधानिक तरिकाले संकलन गरेको छ । 

मकवानपुर र चितवनका जिल्ला समन्वय समितिका कर्मचारी, स्थानीय प्रशासनको मिलेमहतोमा दुई महिनाको अवधिमा विना रसिद एक करोड भन्दा बढी रकम संकलन गरेको हो । लोथर खोलामा चितवन समन्वय समितिले दुई वटा र मकवानपुर समन्वय समितिका तर्फबाट एउटा एक्साभेटरले ढुङगा, गिट्टी र वालुवा उत्खनन् गरेर ट्रिपरमा लोड गर्दाको धेरै रकम रसिद नै नकाटी संकलन गरिएको हो । 

ट्रिपरमा ढुङगा, गिट्टी, वालुवा लोड गरेर चितवनतर्फ लैजाँदा ठेक्का लागेका निर्माण व्यवसायीले रसिद काटेर प्रति घनमिटरका दरले रकम संकलन गर्छन् । तर, खोला उत्खनन् गरेर प्रति ट्रिपरमा लोड गर्दा त्यहाँका युवाहरुको समूहले चितवनबाट विना रसिद ७ सय रुपैयाँ र मकवानपुरबाट प्रतिटिफर ६ सय रुपैयाँ लिँदै आएको चितवन भण्डारका ट्रिपर चालक स्यामबहादुर लामा बताउनुहुन्छ । रसिद काटेर यहाँको आरक्षले प्रति टीप दुई सय रुपैयाँ दुवैतिरबाट रसिद काटेर लिन्छ । त्यसपछि दुवै तर्फका निर्माण कम्पनीले घनमिटरका दरले रकम लिँदै आएका छन् । त्यसभन्दा बाहेक पनि ट्रिपरमा लोड र उत्खनन् शुल्क भन्दै ठूलो रकम लिँदै आएको यातायात व्यवसायी र चालक बताउँछन् । लोथर खोलामा दुवै जिल्लाबाट त्रिपाल टाँगेर रसिद काट्न बसिएको स्थानबाट नै गाडीको संकेत नम्बर दिएर विना रसिदको पैसा संकलन गरिँदै आएको उनीहरुको गुनासो छ । 

चितवन जिल्ला समन्वय समितिले माघ, फागुन महिनामा मात्र दुई वटा एक्साभेटरले उत्खनन् गरेर लोड गरेको विना रसिदको रकम उत्खनन् गरेवापतको रकम ९० लाख रुपैयाँ संकलन गरेको छ । यता मकवानपुर समन्वय समितिले भने माघको तेस्रो हप्तामा उत्खनन् गर्नका लागि लोथर खोलामा चिन्ह लगाए पनि उत्खनन् भने फागुनको दोस्रो साताबाट मात्र सुरु गरेको छ । यहाँबाट भने समन्वय समितिका कर्मचारीको निर्देशनमा ३० लाख रुपैयाँ विना रसिदको रकम संकलन गरिएको छ । ढुङगा, गिट्टी, वालुवाको ठेक्का पाएको कम्पनिले जिल्लाभरी यसको राजस्व उठाउने गरेको छ । यता उत्खनन् गरेर ट्रिपरलाई लोड गरिदिएवापत प्रति ट्रिपर उत्खनन् गर्नेहरुले ६ सय रुपैयाँका दरले संकलन गरेको जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी नारायण प्रसाद मैनालीले बताउनुभयो । 

आफ्नो कार्यालयले नदीजन्य पदार्थको ठेक्का लगाएको र लोड पनि निर्माण कम्पनीले एक्साभेटरको भाडा वापत लिएको हुन सक्ने बताउनुभयो । मकवानपुरमा लगाइएको एउटा एक्साभेटर दिनभरी उत्खनन् गर्दा २४ हजार रुपैयाँ भाडा पर्छ तर यहाँ उत्खनन् गर्नेहरुले एक दिनमा एक लाख रुपैयाँ विना रसिद संकलन गरेका छन् । रसिद विना नै अवैधानिक तरिकाले रकम संकलन गरेको विषयमा दुवै जिल्लाको प्रशासन, प्रहरी र समन्वय समितिमा जानकारी दिँदा पनि त्यसको सुनुवाई नभएको ट्रिपर चालकहरु बताउँछन् ।

लोथर खोलामा दुवै जिल्ला समन्वय समितिले आईई गरेर खोला उत्खखन् गरेका छन् । तर आरक्ष र समन्वय समितिको छाप लगाएर दुईवटा रसिद काटिन्छ तर रसिद नै नकाटीकन जम्मा भएको एक करोडभन्दा बढी रकम उत्खखन् गर्ने युवाहरु, समन्वय समितिका कर्मचारी, प्रहरी र स्थानीय प्रशासनका कर्मचारीलाई बुझाउने गरेको त्रिपाल टाँगेर बसेका युवाले बताए । 

मकवानपुरमा नदीजन्य पदार्थको ठेक्का पाएको कलेक्शन एण्ड म्यानेजमेन्ट प्रालिका संचालक रामहिरा पाठकले भने जिल्ला भरी जाने ढुङगा, गिट्टी, वालुवाको प्रतिघनमिटर ३ रुपैयाँ ३९ पैसा र जिल्ला निकासीको हकमा प्रतिघनमिटर ५ रुपैयाँ ६५ पैसा भ्याटसहित संकलन गरिएको बताउनुहुन्छ । त्यसभन्दा बाहेक आफूहरुलाई यस बारेमा कुनै पनि जानकारी नभएको उहाँको भनाई छ ।

यता चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने विना रसिदबाट रकम संकलन गरिएको पाइएमा कारवाही गरिने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले लोथरमा विना रसिद लोड गरिएको नाममा रकम संकलनको बिषयमा अनुगमन गरेर मात्र भन्न सकिने बताउनुभयो । लोथर खोलामा ढुङगा, गिट्टी, वालुवा लिन बिहान देखि नै ट्रिपरहरुको लाईन लाग्ने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook