Total Hits: 0

‘नक्कली’ प्रमाणपत्रले लग्यो पराजुलीको कुर्सी

  • Posted: Thursday, Mar 15, 2018 12:04 PM ( 4 years ago )

-पुष्प घलान

काठमाडौं, चैत १ – चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन डा. शशि शर्माको पदावधि चार दिन मात्रै बाँकी रहेको बेला पुनर्बहाली गर्नुपर्ने आदेश जारी गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा तानिनुभयो । 

मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा सुनियोजित रुपमा पराजुलीले फैसला सुनाएको भन्दै २०७४ पुस २४ गते चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी अनसन बस्नुभयो । पछि डा.केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गर्नुभयो । बिस्तारै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद सतहमा आयो । 

जन्ममितिको विवादलाई लिएर सडकदेखि सर्वाेच्चसम्म व्यापक आलोचना हुँदासमेत प्रधानन्यायाधीश पराजुलीले सत्यतथ्य ल्याउने प्रयास गर्नु भएन । आफूमाथिको आरोप नसुने झैँ गरी नियमित काममा व्यस्त रहनुभयो । 

पछिल्लो समय सर्वाेच्चका न्यायाधीशहरुले नै पराजुलीको जन्ममितिलाई लिएर इजलास बहिष्कार गर्न थालेपछि प्रधानन्यायाधीशको विवाद छताछुल्ल भयो ।

तीन चौथाइ बहुमतसहित बनेको सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई न्यायालयको विवाद समाधान गर्न सुझाए । तर उहाँले ओली र प्रचण्डको सुझावलाई समेत बेवास्ता गरेको समाचार बाहिरियो । 

विवादित प्रधानन्यायाधीशबाट राष्ट्रपतिलाई शपथ खुवाउने कि नखुवाउने भन्ने विषयले राजनीतिक वृतमा बहस सिर्जना गरेको थियो । अन्ततः राष्ट्रपतिलाई शपथ खुवाउन शितल निवास पुगेका प्रधानन्यायाधीशको हातमा न्यायापरिषदबाट पदमुक्त भएको पत्र पर्‍यो । अप्रत्याशित रुपमा आएको न्यायापरिषदको पत्रले पराजुली मात्र नभई देशमै ठूलो हलचल मच्चियो । 

पाँच पटक जन्मे पराजुली

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचवटा जन्ममिति देखिएको छ 

  • २०३० सालमा पहिलो नारिकता लिँदा कायम जन्ममिति न्यायपरिषदको कतिपय बुलेटिनमा २००९ साल भदौ २१ गते उल्लेख छ । 
  • २०२८ साल जेठ २५ गते जारी स्थानान्तरण प्रमाणपत्रमा उल्लेखित उमेरका आधारमा हिसाब गर्दा कायम हुने जन्ममितिमा २००९ साल चैत १५ गते उल्लेख छ । यो प्रमाणपत्रको प्रमाणित प्रति सर्वाेच्च अदालतमा पनि पुगेको छ । 
  • न्यायपरिषदका विभिन्न बुलेटिन र कर्मचारी सञ्चयकोष अभिलेखमा २०१० साल बैशाख १३ गतेको जन्ममिति उल्लेख छ । 
  • प्रमाणपत्र र स्नातक तहमा उल्लेखित जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । न्यायपरिषदले यही जन्ममितिलाई आधिकारिकता दिएको छ । 
  • शिक्षा मन्त्रालयले दिएको प्रवेशिका परीक्षामा २०११ साल बैशाख १३ गते उल्लेख छ । 

प्रधानन्यायाधीश पराजुलीको न्याय सेवामा प्रवेश गर्दा उल्लेख गरेको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति कुनलाई आधार मान्ने भन्नेबारे विवाद छ । 

विवादको निराकरण भन्दा विजारोपण

सर्वाेच्च अदालतमा पछिल्लो समय देखिएको विवादले न्यायालयको प्रतिष्ठामा आशंका उब्जिएको छ । न्यायलय जस्तो गरिमामय ठाउँमा भएका अपवित्र कामले सिंगो देशको छविमा आँच पु¥याउने काम गरेको छ । 

लामो समयदेखि जन्ममितिको विषय विवाद बढ्दासमेत पराजुलीले समस्याको निराकरण भन्दा पनि विजारोपण गर्न लागेको देखिन्छ । चौतर्फी आवाज उठेपछि उहाँले सम्बन्धित निकायदेखि नागरिकलाई आफ्नो जन्ममितिबारे सत्यतथ्य भन्न सक्नुपर्ने थियो । यसमा उहाँ चुकेको देखिन्छ । 

सार्वजनिक पदभार ग्रहण गरेको व्यक्तिले आफ्नाविरुद्ध उठेका सवालको स्पष्ट पार्न सक्नुपर्दछ । उहाँले यस विषयलाई गम्भीर रुपमा लिएर आफूमाथि लागेको दागलाई हटाउन सक्नु पर्नेथ्यो । आफूमाथि लागेको दागलाई हटाउनुको सट्टा उहाँले टार्नुभो, जसले अहिलेको परिस्थितिलाई जन्माएको हो । 

चौतर्फी विरोध भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गरेको भए पराजुली नेपालको सफल प्रधानन्यायाधीशमा सूचीकृत हुनुहुन्थ्यो । त्यो अवसर पराजुली आफैले गुमाउनुभएको छ । त्यसैको परिणामस्वरुप अहिले पराजुलीको अपमानित तरिकाले बहिर्गमन भएको छ । जुन न्यायालयकै लागिसमेत दुर्भाग्य हो । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook