Total Hits: 2.8 K

मार्च २३ देखि नेपाली बजारमा ग्यालेक्सी एस नाइन र एस नाइन प्लस

  • Posted: Tuesday, Mar 13, 2018 13:07 PM ( 3 years ago )


काठमाडौं, फागुन २९ –  नेपालको सबैभन्दा विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस बजारमा ल्याउने भएको छ ।  एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरिएको बताएकाे छ ।

 

यसमा संशोधित गरिएको डुएल एपेर्चर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनालाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । 
सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले भन्नुभयो ‘मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवम् कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको छ ।’ 

यो फोनको माध्यमबाट हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसलेप्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधापनि रहेको छ, ।

जसलेमुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्न थाल्दछ । यसमाभएको ३५ विभिन्न अप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमाभएको सुविधा प्रयोग गरी एक क्लिकका जिआइएफ सजिलै बनाई शेयर गर्नपनि सकिन्छ ।

यीदुई स्मार्टफोनहरु यही मार्च २३, २०१८ बाट नेपालमा उपलब्ध हुनेछन् । एस नाइन प्लस विभिन्न ३ वटा आकर्षक रंगमा उपलब्ध हुनेछ । एस नाइन प्लस मिड नाइट ब्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पल मा उपलब्ध हुनेछ भने एस नाइन मिडनाइट ब्ल्याकमा उपलब्ध हुने छ । यी सेट नेपालका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook