Total Hits: 0

फर्किएर हेर्दा शहीद गोविन्द गौतम

  • Posted: Saturday, Mar 10, 2018 18:28 PM ( 4 years ago )

दुर्गा उपाध्याय

आजभन्दा ठीक एक वर्ष अगाडि पत्रकार महासंघ जिल्ला शाखाको चुनावमा विजयी भएपछि कार्य समितिका पदाधिकारीहरु बधाई तथा शुभकामना आदान प्रदानमा व्यस्त थियौँ । 

त्यसदिन पनि एकिृत नेकपा माओवादी पार्टी कार्यालयले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । हामी सबै कार्यक्रममा उपस्थित भयौँ । त्यहि बेला एकिकृत नेकपा माओवादी पार्टीका जिल्ला संयोजक वीरबहादुर थापा पातललाई फोन आयो । ‘भारतीयको गोली लागेर पुनर्वासमा एकजना नेपालीको ज्यान गयो ।’ त्यतिबेलासम्म हामीमध्ये कसैलाई यो विषयमा जानकारी थिएन । 

बुझ्दै जाँदा थाहा भयो, नेपाल भारत सीमा क्षेत्रमा नेपालीले कलभर्ट बनाउन खोज्दा अघिल्लो दिन भारतीय पक्षले हस्तक्षेप गरेको रहेछ । त्यही विषयमा समाचार संकलन गर्न गएका स्थानीय पत्रकार हेमन्त न्यौपानेसमेत भारतीयबाट कुटिएका रहेछन् । 

पत्रकार महासंघको नयाँ कार्यसमिति बनेका तीन दिन मात्रै भएको थियो । समाचार संकलनकै क्रममा पत्रकार कुटिएको जानकारी पाएपछि हामीले तत्काल त्यसको विरोध गर्दै विज्ञप्ती जारी गर्यौँ । महासंघका अध्यक्ष, उपाध्यक्षलगायतका पत्रकारको टोली घटनास्थलमा जाने निर्णय गर्यौँ । हामीले पाएको जानकारी अनुसार घटनास्थल निकै संवेदनशील अवस्थामा पुगेको थियो । त्यसैले थप जानकारी र घटनास्थलसम्म पुग्नका लागि समन्वय गर्न हामी प्रमुख जिल्ला अधिकारीकोमा पुग्यौँ । त्यहाँ प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यद्यपी प्रहरी प्रमुख भने बिहानै घटनास्थल पुगिसकेका रहेछन् । हामी २ बजे महेन्द्रनगरबाट पुनर्वासका लागि हिड्यौँ । बाटोमा थाहा भयो । 

भारतीय सुरक्षाकर्मीको गोली लागेर पुनर्वास– ९ आनन्द बजारका गोविन्द गौतमको ज्यान गएको एक वर्ष पुगेको छ । नेपाल भारत सीमा क्षेत्रमा कलभर्ट बनाउन विषयमा दुवै पक्षबीच विवाद उत्पन्न भएपछि भारतीय सुरक्षाकर्मीबाट चलेको गोली लागेर गौतमको ज्यान गएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook