अमेजनले बनाएको स्पिकर आफै हाँसेपछि...
- Posted: Friday, Mar 09, 2018 12:14 PM ( 3 years ago )
फागुन २५ – अमेजनको चर्चित होम स्पिकर इकोमा जडित आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम(एआई) ले यसका प्रयोगकर्तालाई हैरान बनाएको छ ।
एलेक्सा नामको यो एआई सिस्टम बिना युजर कमाण्ड नै प्रतिक्रिया दिन थालेको छ । धेरै प्रयोगकर्ताले यो होम स्पिकर अचानक आफै जोडजोडले हाँस्न थालेको बताएका छन् ।
बुधबार अमेजनले यस बारेमा प्रतिक्रिया दिँदै भनेको छ, ‘हामीले यस विषयलाई गम्भीरतापूर्वक लिएका छौँ । रोबोट एलेक्साको यो डिभाइसलाई ठिक गरिँदैछ ।’
अमेजनले बनाएको यो स्पिकर प्रयोगकर्ताको निर्देशनमा काम गर्छ । यदि तपाईँले यसलाई हाँस्न आग्रह गर्नु भयो भने यो स्मार्ट स्पिकर हाँस्न थाल्छ । यसले प्रयोगकर्ताको इशारामा समाचार पढ्नेदेखि, ट्याक्सी बुक लगायतका इ–कमर्स साइट अमेजनबाट अनलाइन् किनमेल पनि गर्न सक्छ ।
तर अमेजनको स्पिकरमा यस्तो समस्या देखिएको भने पहिलो पटक भने होइन । यसभन्दा पहिले गएको फ्रेब्रुअरीमा पनि एलेक्साको स्पिकरबाट प्रयोगकर्ता दिक्क भएका थिए ।
Lying in bed about to fall asleep when Alexa on my Amazon Echo Dot lets out a very loud and creepy laugh... there’s a good chance I get murdered tonight.
— Gavin Hightower (@GavinHightower) February 26, 2018
त्यति बेला एक जना प्रयोगकर्ताले भनेका थिए, ‘म सुत्नका लागि ओछ्यानमा पल्टिएको थिएँ । एक्कासि एलेक्साले जोडले हाँस्दै भन्यो, ‘आज तिम्रो ज्यान लिने सुनौलो अवसर मिलेको छ ।’
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...