महिला नाट्य महोत्वसमा ‘बन्द बाकस’ हिट
- Posted: Wednesday, Mar 07, 2018 12:44 PM ( 3 years ago )
सुमन तिमल्सिना/उज्यालो ।
मोरङ, फागुन २३ – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको एक नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गर्नु भएको हो ।
बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन तीनवटा नाटक मञ्चन हुनेछन् । आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समिति सहआयोजक रहेको महोत्सवको पहिलो दिन प्रियंका झाको लेखन तथा निर्देशन रहेको ‘कथा नई भेटल’, भरत गुरागाईंको ‘बन्द बाकस’ र कविता नेपालको ‘सुनामी’ नाटक मञ्चन गरिएको छ ।
मैथिली भाषाको ‘कथा नई भेटल’ मा झा आफैं, नेपाली भाषाको ‘सुनामी’मा नेपाल आफैं र ‘बन्द बाकस’मा अनु श्रेष्ठले अभिनय गर्नुभएको थियो । हरेक नाटकमा विभिन्न समुदायको भाषा, संस्कृति झल्किन्छ ।
बुधबार ज्योति राईको ‘विसंगत’, वंसरी पाण्डेको ‘म रुपियाँ’ र वसन्ता सुनुवारको ‘वरी’ मञ्चन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले जानकारी दिनुभयो ।
काठमाडौं केन्द्रित रंगमञ्चलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले नेपालमै पहिलोपटक महिला नाट्य महोत्सव गरिएको होे । ‘महिलालाई रंगमञ्चमा आकर्षित गर्न महोत्सव गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘यसले रंगमञ्चमा महिलाको उपस्थिति बलियो हुने आशा लिएका छौं ।’
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा १० देखि ३० मिनेटका नाटक मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताउनुभयो । ‘तीन दिनसम्म मञ्चन हुने ९ वटा नाटकमा दर्शकले सिंगो नेपाल पाउनुहुनेछ,’ थापाले भन्नुभयो । नाटक हेर्नको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
उद्घाटन समारोहमा मन्त्री कार्कीले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । ‘प्रदेश सरकार भर्खरै गठन भई ऐन, कानुन बन्ने प्रक्रियामा छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘कस्तो ऐन कानुन बनाउँदा कला र साहित्य अनि संस्कृतिको विकास हुन्छ हामी त्यसैअनुसारको कानुन बनाउन तयार छौं ।’
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...