Total Hits: 0

​बाबुरामलाई छाडेर प्रचण्डकै साथ लागे खिमलाल देवकोटा

  • Posted: Tuesday, Mar 06, 2018 19:42 PM ( 3 years ago )

काठमाडौं, फागुन २२ – नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा मंगलबार आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराउनुभयो । त्यस अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताउनुभयो । 

राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, ‘संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।’

त्यस अवसरमा अध्यक्ष दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गर्नुभयो । 

अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै भन्नुभयो, ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला ।’ 

त्यस अवसरमा नवप्रवेशी नयाँ शक्तिका प्रवक्ता देवकोटाले डाक्टर भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गर्नुभयो । -रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook