Total Hits: 0

विराटनगरबाट ४५ लाखसहित एक जना पक्राउ

  • Posted: Tuesday, Mar 06, 2018 15:13 PM ( 3 years ago )

सुमन तिमल्सिना/उज्यालो । 

मोरङ, फागुन २२ – प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान  भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको भारत अररिया फारबिसगञ्जका  नारायण साहलाई विराटनगर ५ बाट पक्राउ गरिएको हो । 

भारतीय बीआर ११ एए६२६५ नम्बरको कारलाई चेक गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ लाख नगद बरामद गरेको हो । ड्राइभरको सिटमुनि हालेर जोगवनीबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कारका चालक साहसहित कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । 

चालक साहसँग रकमको सन्दर्भमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरका ३ हजार ४ सय थानको ३४ लाख, पाँच सय दरको दुई हजार एक सय थानको १० लाख ५० हजार र एक सय दरका पाँच सय थानको ५० हजार गरी ४५ लाख रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । 

पहिले पनि यसैगरी बिभिन्न रकमको कारोवार हुँदा प्रहरीले हुण्डीको कारोवारमा संलग्नहरुलाई पक्राउ गर्दै आएकोमा यो पनि हुण्डिको कारोवारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । हुण्डीका कारोवारीहरु पछिल्लो समय पूर्वी नेपालमा बढ्दै गएको हुनसक्ने प्रहरीको भनाई छ ।

यति ठूलो परिमाणमा बरामद भएको रकमको बारेमा कहाँ र किन लग्दै गरेको भन्ने समेत प्रहरीले जनाएको छैन ।  अनुसन्धानमै रहेकोले अहिले नै यसै भन्न नसकिने उपरीक्षक बिसीको भनाई छ । 

यसरी पक्राउ परेको रकमको सन्दर्भमा अनुसन्धानपछि सम्पत्ति शुद्धिकरण वा राजश्व अनुसन्धानमा मुद्दा चलाउने भन्ने अनुसन्धानबाट नै खुल्ने प्रहरीको भनाई छ । यसको थप अनुसन्धानको लागि काठमाडौं पठाउने प्रहरीको तयारी छ । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook