Total Hits: 1.5 K

फिडेल क्यास्ट्रोका साथी मार्खेजलाई यसरी सम्झियो गूगलले

  • Posted: Tuesday, Mar 06, 2018 14:50 PM ( 2 years ago )

फागुन २२ – गूगलले आजको डूडल ग्याब्रियल गार्सिया मार्खेजप्रति समर्पित गरेको छ । गुगलले मार्खेजको ९१ औँ जन्मदिन मनाइरहेको छ । 

ग्याब्रियल गार्सिया मार्खेजको जन्म सन् १९२७ को मार्च ६ मा कोलम्बियामा भएको थियो । मार्खेज आफ्नो जादुयी लेखनको माध्यमले विश्व साहित्य मञ्चमा आफूलाई शीर्ष स्थानमा उभ्याउन सफल रहे । उनी कथाकार मात्रै नभएर एक कुशल पत्रकार तथा स्क्रीनराइटर पनि थिए । 

उनका प्रमुख कृतिमा ‘वन हन्ड्रेड इयर्स अफ् सलिच्यूड’, ‘क्रोनिकल अफ् अ डेथ फोरटोल्ड’, ‘लभ इन द टाइम अफ् कोलेरा’, ‘द अटम अफ प्याट्रिआर्क’ रहेका छन् । मार्खेज बिसौँ शताब्दीका महान लेखकमा गनिन्छन् । सन् १९८२ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनका कृतिमा आधारित थुप्रै हलिउड चलचित्र पनि बनेका छन् ।

  

मार्खेजले पत्रकार बन्नकै लागि बीचमै आफ्नो पढाई छाडेको बताइन्छ । उनले सुरुवातमा रिपोर्टाज तथा कथा लेखे पनि पछि उपन्यासले नै उनी विश्व साहित्यको सर्वोच्च शिखर चुम्न सफल भए । मार्खेजको निधन सन् २०१४ को अप्रिलमा भएको थियो । उनी क्यूबाली नेता फिदेल क्यास्ट्रोका नजिकका साथी थिए । 

मार्खेजको उपन्यास ‘लभ इन द टाइम अफ कोलेरा’मा आधारित भएर सन् २००७ मा यसै नाममा चलचित्र बनेको थियो । चलचित्रमा जेभियर बार्देमजस्ता सुपरस्टारले अभिनय गरेका छन् । चलचित्रको एउटा गीत पपस्टार शाकिराले पनि गाएकी छिन् । चलचित्रका निर्माता स्कट स्टाइनडर्फ तीन वर्षसम्म मार्खेजकोमा धाइरहे पुस्तकको प्रतिलिपि अधिकारका लागि । चलचित्र व्यापारिक रुपमा एकदमै सफल नभए पनि समीक्षकहरुले यस चलचित्रको निकै सराहना गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook