Total Hits: 2.5 K

​गैंडाकोटमा नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला (फोटोफिचर)

  • Posted: Monday, Mar 05, 2018 19:27 PM ( 3 years ago )

दयाराम आचार्य/उज्यालो । 

नवलपरासी, फागुन २१ – सोमबार नारायणी नदि किनार गैंडाकोटमा अरु दिन भन्दा फरक दृश्य देखियो । विभिन्न आकर्षक पहिरनमा सजिएका व्यक्तिहरुले बेग्ला बेग्लै रुपमा लोक संस्कृति प्रस्तुत गरिरहेका थिए । 

दर्शक दिर्घामा बस्ने दर्शकहरु पनि बडो आनन्द मानेर मञ्चमा प्रस्तुत भएका नृत्यलाई अवलोक गरिरहेका थिए ।गैंडाकोटमा यस्तो सन्दर्भ जुरेको हो नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको अवशरमा । जहाँ ११ देशका कलाकारले आफ्ना स्थानीय लोक संस्कृति प्रस्तुत गरेका थिए ।

एभरेष्ट नेपाल लोक कल्चरल ग्रुप काठमाडौंले आयोजना गरेको नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालसहित ११ देशका दुई सय भन्दा बढी कलाकारले आफ्नो देशको स्थानीय लोक संस्कृति प्रस्तुत गरेका छन् ।

सोमबार नारायणी नदी किनारमा भएको मेलामा नेपाल, भारत, बंगलादेश, कोष्टारिका, स्टोनीया, ग्रिस, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया र टर्कीका कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुती राखेका हुन् ।

अन्तर्राष्ट्रिय लोक संस्कृतिलाई एकै ठाउँमा प्रस्तुत गरिदा एक अर्काको देशको लोक संस्कृतिको सम्मान गर्दै नेपाली लोक संस्कृतिको जगेर्ना गर्न सकिने गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।

लोक सांस्कृति मेलामा संस्कृतिविद् तुलसी दिवसले भाषाबाट व्यक्त गर्न नसकिने कुराहरु नृत्य तथा लोक संस्कृतिबाट प्रस्तुत गर्न सकिने बताउनुभयो ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाले एउटा देशमा रहेको संस्कृतिलाई अर्को देशमा बुझ्नको लागि सहज हुने तुलसी दिवसको भनाई रहेको छ । मेला सुरु हुन अगाडी ११ वटै देशका कलाकारहरुले गैंडाकोटमा झाँकीसहितको पदयात्रासमेत गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook