Total Hits: 2.7 K

युएईमा नेपाली बीजनेस काउन्सिलमा आबद्ध व्यवसायीबीच सम्झौता

  • Posted: Monday, Mar 05, 2018 11:36 AM ( 3 years ago )

उमाकान्त पाण्डे/उज्यालो । 

युएई , फागुन २१ – दुबईमा व्यवसाय सञ्चालन गरेका नेपाली व्यवसायीहरुबीच सम्झौता भएको छ । युएईमा दर्ता भएर सञ्चालनमा आएको नेपाली बीजनेस काउन्सिलमा आबद्ध व्यवसायीहरुले आपसी सहयोग बढाउने र नेपाली व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले लिखित सम्झौता गरेका हुन् । 

सम्झौता पछि अब बीजनेस काउन्सिलमा आबद्ध ब्यवसायिक प्रतिष्ठानहरुले काउन्सिलका सदस्य प्रतिष्ठानहरुलाई आफूले लिँदै आएको सेवा शुल्कमा छुट हुने काउन्सिलका महासचिव दिपकराज पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिष्ठानहरुले आपसी साझा फाइदाका लागि गरेको सम्झौतामा होटल रेस्टुरेन्टले सेवा बापत १० प्रतिशत सेवा छुट दिनेछन् । त्यस्तै ट्राभलस व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य सदस्य प्रतिष्ठानलाई २० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । 

ग्यारेज तथा सवारी साधन मर्मतमा २५ प्रतिशत छुट पाइने छ । नेपाल एयरलाइन्सले पनि काउन्सिलमा आबद्ध अन्य प्रतिष्ठानलाई प्रदान गर्ने सेवामा सहयोग गर्ने सम्झौता गरेको छ ।

यस्तै काउन्सिलमा आबद्ध नभएको स्थानीय अलमाज्मी एडभोकेटस एन्ड लिगल कन्सल्टेन्सी (ल फर्म) ले समेत सम्झौतामा हस्ताक्षर गरेको छ । आपसी फाइदाका लागि सम्झौता गर्ने नेपाली व्यवसायिक प्रतिष्ठानहरुमा नेपाल एयरलाइन्स, नमस्ते, सन एण्ड मुन, शुभयात्रा, गोल्डेन एभरेस्ट ट्राभल्स, जीकेएस टायर फिक्सिङ, चौतारी र सिल्भर स्पोन रेस्टुरेन्ट छन् । 

यसैबीच काउन्सिलले युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुँयाल सहित नयाँ कुटनीतिज्ञलाई स्वागत गरेको छ । रमादा होटल जुमेराहमा गरिएको कार्यक्रममा युएईका लागि चौथो श्रम सहचारी मोतिराम भुसाल र तृतीय सचिव नारायण ज्ञवालीलाई स्वागत गरिएको हो । 

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत फुँयालले नेपाली व्यवसायीहरुलाई दूतावासले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook