Total Hits: 2.8 K

कर्णाली प्रदेश : गृह मन्त्रालयको ४० बुँदे कार्ययोजना जुम्लामा सार्वजनिक

  • Posted: Sunday, Mar 04, 2018 09:28 AM ( 3 years ago )

नेत्र शाही/उज्यालो ।

जुम्ला, फागुन २० – “समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेशको अपेक्षा” भन्ने मुल नाराका साथ कर्णाली प्रदेशमा शान्ति सुरक्षा सम्बन्धी ४० बुँदे कार्ययोजना सार्वजानिक गरिएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले चुनौतिका बाबजुद पनि कार्ययोजना सार्वजनिक गरिएको भन्दै डटेर कार्यान्वयन गरिने जानकारी दिनुभयो ।अभियान अन्तर्गत प्रहरीको संख्या आवश्यकता अनुसार थपघट गर्ने, प्रशिक्षण दिने, परिचालन गर्ने र सवल बनाउने रहेका छन् । त्यस्तै प्रत्यक गाउँपालिकामा प्रहरी निरीक्षकसहित १ सय २५ जना र नगरपालिकामा प्रहरी नायव उपरीक्षकसहित १ सय ५० जना प्रहरी दरवन्दीको योजना अघि सारिएको छ ।

यस्तै प्रहरी तालिम केन्द्र, विशेष अपराध अनुसन्धान केन्द्र तथा विशेष कार्यदलको गठन, डिजिटल आंैठाछाप प्रविधि, कर्णाली प्रदेशका २ सय १६ इकाइमा सञ्चार सम्पर्क, भौगोलिक विकटता अनुुसार राशनको पुनरावलोकन र भीभीआईपीको विशेष सुरक्षालगायतका ४० बुँदे योजनाहरु रहेका छन् ।

जुम्लामा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाय, पत्रकार र नागरिककोबीचमा छलफल गरेर कार्ययोजना सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । छलफलमा वक्ताहरुले योजना अनुसार काम भएमा पाँच वर्षमा सुरक्षित प्रदेशको अनुभूति गर्न सकिने भन्दै त्यही अनुरुप काम गर्न प्रशासनलाई सुझाएका थिए । 

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले ४० बुँद्धे कार्ययोजना कार्यान्वयन गर्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्रालयले कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश बनाउने प्रतिबद्धता जनाउँदै १० वटै जिल्लामा अभियानको प्रारम्भ गरिएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook