Total Hits: 2.0 K

अन्तराष्ट्रिय प्रविधि सम्मेलन सम्पन्न

  • Posted: Thursday, Mar 01, 2018 06:10 AM ( 3 years ago )

काठमाडौँ, फागुन १७ – दश दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ ।

नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलनमा चार दर्जन देशबाट एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

इन्टरनेट तथा नेटवर्क इन्जिनीयर, प्रविधिसम्बन्धी नीति निर्माता र विश्वका चर्चित गुगल, फेसबुक, अमाजोन जस्ता प्रविधिज्ञ कम्पनीको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा इन्टरनेट तथा नेटवर्क प्रविधिमा पहिल्लो समयमा आएका परिवर्तन र भविष्यमा आउने प्रविधिको विषयहरूमा बहस भएको थियो । 

नेपालबाट वायरलेस नेटवर्कका अभियन्ता महावीर पुनले आफ्नो पछिल्लो परियोजना ‘नेपाल इनोभेसन सेन्टर’बारे प्रस्तुति दिनुभएको थियो । सेन्टरले ‘मेडिकल ड्रोन’, पानी प्रशोधन प्रविधि र तीनपाङ्ग्रे ट्याम्पोको ब्याट्री मर्मतका लागि काम शुरू गरिसकेको बताउँदै पुनले थप परियोजनामा सहकार्यका लागि विज्ञलाई आह्वान गर्नुभयो । 

सम्मेलनकै अवसरमा चर्चित क्लाउड कम्पनी ‘क्लाउड फ्लायर’ले नेपालमा आफ्नो डाटा सेन्टर शुरू गरेको घोषणा गरेको छ । उक्त कम्पनीले भारतपछि दक्षिण एसियामा नेपालमा यस्तो सेन्टर स्थापना गरेको हो । यस्तो डाटा सेन्टरको सञ्चालनले नेपालमा इन्टरनेट ब्राउजिङ सेवा थप छरितो हुने र ‘इन्टरनेट ब्यान्डविथ’का लागि विदेशिने लागत न्यून हुनेछ ।

एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्त नेटवर्क सूचना केन्द्र (एपिनिक) ले इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook