Total Hits: 0

​सरकारी शिक्षक दलको सदस्य हुन नपाउने

  • Posted: Wednesday, Feb 28, 2018 18:49 PM ( 4 years ago )

विमल विष्ट/उज्यालो ।

डोटी, फागुन १६ – डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरी प्रतिवद्धता जारी गरेको छ । 

राज्यद्धारा विभिन्न समयमा गराइने चुनावमा यो गाउँपालिकाका शिक्षकहरु विद्यालय नै बन्द गरेर राजनीति कार्यक्रममा सक्रिय हुने गरेकोले पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले आफ्नो रोहबरमा अबदेखि सरकारी तलब खाने शिक्षकले कुनै पनि दलको सदस्यसमेत नरहने प्रतिवद्धता जारी गराएका छन् । सरकारी विद्यालय सुधार गर्न शिक्षकहरुलाई दलको सदस्यता लिन नमिल्ने  १६ बुँदे लिखित प्रतिवद्धता जारी गरेका हुन् । 

सरकारले विद्यालय र विद्यार्थीलाई शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष बितिसक्दा पनि सरकारी विद्यालयका शिक्षकहरुले विद्यालयलाई सुधार गर्न नसकेकोेले अबदेखि यो गाउँपालिका कुनै पनि सरकारी तलब खाने शिक्षकहरु दलको सदस्य नहुने निर्णय गरिएको हो । 

एमाले डोटी जिल्ला सचिवालय सदस्य देवबहादुर खड्काले सरकारी शिक्षकहरु राजनीति दलको सक्रिय सदस्यता लिएर विद्यालयमै राजनीति गर्ने र यसले विद्यालयहरुको पठनपाठनमा नकरात्मक प्रभाव परेकोले यसलाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग राख्नु भएको थियो ।  पूर्वीचौकी गाउँपालिका अभिभावकले समेत चुनावका समयमा विद्यालयमा पूर्ण राजनीति प्रभाव परेकोले नानीहरुको पढाई नै ठप्प हुने गरेको आक्रोश पोखेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook