Total Hits: 0

सरकारी स्वामित्वमा रहेको उद्योगहरुको पुनःसंरचना आवश्यक : मन्त्री यादव

  • Posted: Wednesday, Feb 28, 2018 18:26 PM ( 4 years ago )

सिरहा, फागुन १६ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले राज्यको स्वामित्वमा रहेका उद्योगहरु अझै पनि कर्मचारी र निश्चित नेताहरुको चंगुलमा रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो । 

सिरहाको मिर्चैया नगरपालिकाले  बुधबार आयोजना गरेको सम्मान तथा होली शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैं मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दाहरु कर्मचारी र नेताहरुलाई तलव भत्ता खुवाउने संस्थाको रुपमा सिमित भएको भन्दै त्यसलाई नयाँ ढंगले संचालन गर्नुपर्ने बताउनुभयो । 

मन्त्री यादवले अबको दिनमा सरकारी लगानीका उद्योगहरुलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्ने भन्दा पनि देश विकासमा टेवा पुर्‍याउने ढंगले विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले त्यसको लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

‘आफ्नै देशमा आर्थिक समृद्धिका सम्भावनाहरु हुँदाहुँदै पनि धेरै सामग्रीहरु आयातित गर्नुपर्ने अवस्था अन्त्यको लागि यही रहेको खानीहरुको उत्खनन् गर्नु आवश्यकता छ’ यादवले भन्नुभयो, ‘मुलुकलाई समृद्ध बनाउन आफ्नै मुलुकमा रहेको फलाम, तामा खानीहरुको उत्खनन् गर्नु र कृषि उत्पादनलाई विशेष जोड दिनु पर्छ, यो सरकारको पहिलो प्राथमिकतामा छ ।’

मन्त्री यादवले संविधानले नै समाजवादी आर्थिक आधार तयार पार्ने भनेकोले त्यसलाई कार्यान्वयन गराउन अब सबैको योगदानको आवश्यकता रहेको जनाउनुभयो । उहाँले भन्नुभयोे, ‘मुलुक समृद्ध बनाउने हो भने सबैको उत्तिकै दायित्व जरुरी छ, किसानले पनि अब त्यही ढंगले आफूलाई विकास गर्नु पर्छ, व्यवसायी, उद्योगी, समाजसेवी सवैले उन्नत ढंगले योगदान गरेमात्र मृलुक समृद्ध बन्छ ।’

त्यसै क्रममा मन्त्री यादवले मधेसीहरुमाथि राज्यले अझै पनि दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै आएको भन्दै यसको लागि संविधानको उचित कार्यान्वयन हुनु पर्ने जनाउनुभयो । संविधानले मुलुकका सबै नागरिकलाई सम्मान दर्जा दिएको छ, तर पनि यहाँको पहाडिया शासक वर्गमा त्यसको ह्याङओभर नहटेको भन्दै त्यसको लागि मधेसी जनता अधिकारप्रति सचेत रहनु पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सभासद जगतप्रसाद यादव, भरत साहको उपस्थिति रहेको थियो । नगरप्रमुख श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook