Total Hits: 0

जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ : मन्त्री थापा

  • Posted: Wednesday, Feb 28, 2018 13:02 PM ( 4 years ago )

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, फागुन १६ – महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले अनुभूति हुनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । बुधबार महिला तथा बालबालिका कार्यालय म्याग्दीको भवन उद्घाटन गर्दै उहाँले संविधानले व्यवस्था गरे अनुरुप बनेको तीन तहको सरकारले जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको हो । 

संविधानले तीनवटै सरकारको अधिकार स्पष्ट रुपमा उल्लेख गरेको हुँदा सोही बमोजिम काम गर्नुपर्ने बताउँदै मन्त्री थापाले सङ्घीयताको कार्यान्वयन अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । कर्मचारीतन्त्र स्थायी सरकार भएको हुँदा सरकार र जनताको बीचमा बसेर पुलको काम गर्नुपर्ने भन्दै उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई व्यवस्थित ढङ्गबाट जनतासामु लैजान कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 

मन्त्री थापाले कर्मचारी र प्रशासन क्षेत्रबाट सबैभन्दा पहिला राज्यको नीति तथा कार्यक्रमहरुलाई इमान्दारीताका साथ लागू गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै परिवर्तित सन्दर्भमा परिवर्तनको महशुस गराउने कर्तव्य कर्मचारी र प्रशासन क्षेत्रको भएकोमा जोड दिनुभयो ।

स्थानीय तहमा स्पष्ट नीति निर्देशन नहुँदा भैरहेको समस्यालाई सरकारले समाधान गर्ने बताउँदै मन्त्री थापाले आगामी पाँच वर्षभित्र देशलाई समृद्धिको बाटोमा लैजाने मन्त्री थापाले बताउनुभएको छ । महिला तथा बालबालिका कार्यालय कुल जनसंख्याको ८१ प्रतिशत जनसङ्ख्यासम्म पुग्ने भएकाले पनि तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रमबाहेक आयआर्जनका क्षेत्रलाई समेत प्राथमिकता दिनेगरी सरकारले बजेटमार्फत सम्बोधन गर्ने उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०६८/६९ मा निर्माणकार्य सुरु भएको महिला तथा बालबालिका कार्यालय भवनको ०७२/७३ मा निर्माण सम्पन्न भएको थियो । भ्याट रकमबाहेक कुल १ करोड ३६ लाख २१ हजार ९७२ रुपैयाँको लागतमा निर्मित दुईतले भवनमा १२ ओटा कोठाहरु रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook