Total Hits: 0

​प्रदेश २ मा मन्त्रिपरिषद विस्तार हुँदै : फोरमले मन्त्री छान्यो, राजपा छलफल गर्दै

  • Posted: Wednesday, Feb 28, 2018 11:18 AM ( 4 years ago )

धनुषा, फागुन १६ – आज प्रदेश २ को मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

नवनियुक्त मन्त्रीलाई बिहान १० बजे नै शपथ ग्रहणको तयारी भएपनि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले केही मन्त्रीको टुंगो नलगाउँदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ ।

सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ । तर, समाजिक विकास र उद्योगमन्त्री तथा राज्यमन्त्रीको टुंगो लगाउन सकेको छैन । नाम टुंगो लगाउन राजपाले छलफल गरिरहेको छ । राजपाले नाम टुंगो लगाएपछि दिउँसो १ बजे शपथ ग्रहणको तयारी छ ।

संघीय समाजवादी फोरमबाट भने दुई मन्त्री र तीन राज्यमन्त्री थपिने निर्णय यसअघि नै भैसकेको छ । फोरमले धनुषा ४ ‘क’ बाट निर्वाचित सांसद ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पठाएको छ । यस्तै सप्तरी २ ‘क’बाट निर्वाचित शैलेन्द्र साहलाइ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा पठाइएको छ ।

फोरमले तीन राज्यमन्त्रीमा उषा यादव, सरोज सिंह कुशुवाह र योगेन्द्र रायको नाम पठाएको छ । फोरमबाट यसअघि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भैसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook