Total Hits: 0

लालबाबु पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने

  • Posted: Wednesday, Feb 28, 2018 10:45 AM ( 4 years ago )

काठमाडौं, फागुन १६ – जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रशंसा बटुलेका लालबाबु पण्डितले अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो । 

जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गा¥हो भएको छ ।  तैपनि उहाँले आफू जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेको जानकारी दिनुभयो । अब उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको भए पनि मन्त्री पण्डितले भने आफूले अब कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेको बताउनुभयो । 

वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स् वास् थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ । पद बहाली हुँदा जिम्मेवारी पाएको मन्त्रालय दुईतिर भएर अलमल भए पनि मन्त्री पण्डितले चर्चा बटुल्नेगरी काम गरिरहनुभएको छ । 

विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै चर्चा कमाएका पण्डितले अहिले पनि त्यही ढाँचामा कामलाई निरन्तरता दिनु भएको छ । वातावरणीय प्रभाव मूल्याङकन नगरी सञ्चालित तारे होटल र रिसोर्टमाथि कारबाही थालेपछि मन्त्री पण्डितको सबैले प्रशंसा गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook