Total Hits: 0

चैतमा वाम गठबन्धनको नयाँ पार्टी घोषणा हुन्छ : उपाध्यक्ष रावल

  • Posted: Wednesday, Feb 28, 2018 05:53 AM ( 4 years ago )

काठमाडौँ, फागुन १६ – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आउदो चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकता गरी नयाँ पार्टी घोषणा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले आउदो फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने बताउनुभयो । 

एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने उहाँको भनाई थिायो । ‘दुईवटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकाले हामीहरु दुवै कार्यदल आन्तरिक कार्यमा छौँ’, रावलले भन्नुभयो, ‘अन्तरिम विधान लेखन सुरु गरिसकेका छौँ, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौँ ।’

विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गरिने जानकारी दिँदै उहाँले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभयो । 

उपाध्यक्ष रावलले बजेटको पनि तयारी गर्नुपर्ने हुँदा सरकारलाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउनुभयो । राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै निर्णय भई नसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे स्थायी कमिटीमा छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं ।’
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook