Total Hits: 0

भोलिसम्ममा फोरम पनि सरकारमा सहभागी हुन्छ : एमाले

  • Posted: Tuesday, Feb 27, 2018 19:54 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ – एमालेले बुधबारसम्ममा संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने दावी गरेको छ  । 

सरकारमा सहभागी हुनेबारे मंगलबार भएको छलफल सकारात्मक भएकाले बुधबार यसबारे लिखित सहमति गर्दै सरकार विस्तार गर्ने तयारी गरिएको एमालेका नेता सुवासचन्द्र नेम्बाङले बताउनुभयो । 

एमालेले संविधान संशोधनका लागि तयार भएको र बुधबार कुन–कुन बुँदामा संशोधन गर्ने भन्ने विषय टुंगो लगाएर सहमतिमा हस्ताक्षर गरिने नेम्बाङले बताउनुभयो । बुधबार हस्ताक्षर भए बुधबार नै मन्त्रिपरिषद विस्तार हुने पनि उहाँको भनाई छ । 

फोरमले सिमांकन आयोग गठन र संविधानको धारा २ सय ७४ मा संशोधन गर्न माग गर्दै आए पनि एमालेले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने बताउँदै आएको छ । 

एमाले र माओवादीसँगको छलफलमा सोमबार फोरम अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्री बनेर सरकारमा सहभागी हुन तयार रहे पनि फोरमका नेताहरुले संविधान संशोधनबारे सत्तारुढ दलको लिखित प्रतिवद्धता नआएसम्म सरकारमा जान नहुने बताएपछि बुधबार एमाले र फोरमले थप छलफल गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook