Total Hits: 0

​सरकारमा दुई तिहाई पुर्‍याउन एमाले संविधान संशोधन गर्न तयार !

  • Posted: Tuesday, Feb 27, 2018 19:46 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ – निर्वाचनअघि संशोधनको विपक्षमा रहेको एमाले दुई–तिहाई मत सहितको सरकार बनाउन संशोधनको लागि तयार भएको छ । सोमबार फोरम अध्यक्ष यादवसँग भएको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री ओली संशोधनको विषयमा राजनीतिक सहमति गर्न तयार देखिएका हुन् ।

 

संविधान संशोधन भए सरकारमा सहभागी हुने संकेत फोरम अध्यक्ष यादवले दिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी लम्बिएको हो । माओवादी केन्द्रका ७ र एमालेका ८ मन्त्रीलाई एकसाथ शपथ खुवाउने भनिए पनि फोरमसहित सरकारलाई पूर्णता दिन सबैलाई शपथ खुवाउने कार्यक्रम सरेको हो । 

२ तिहाई मतसहितको सरकार निर्माण गर्न फोरमलाई सहमतिमा ल्याउन कसरत प्रधानमन्त्री ओलीले गरेका थिए । फोरमले संविधान संशोधन गर्न तयार रहे २ मन्त्रालयसहित सरकारमा सहभागी हुन सक्ने संकेत दिएपछि सरकारलाई पूर्णता दिने काम लम्बिएको हो । सोमवार बिहान माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री निवास बालुवाटारमा यादवसँग गरिएको छलफल सकारात्मक देखिएको थियो । 

माओवादीले आफ्नो भागमा परेको ७ मन्त्रालयको लागि मन्त्रीको नाम टुङग्याएर प्रधानमन्त्री ओलीलाई दिए पनि एमाले भित्र भने मन्त्री बन्ने र बनाउने विषयमा रस्साकस्सी बढी देखिएको छ । फोरमसँग मन्त्रालय बाँडफाडवारे टुङिगन बाँकी हुनु पनि सरकारले पूर्णता पाउन नसक्नुको अर्काे कारण थियो । फोरमलाई परराष्ट्र र एक राज्यमन्त्री दिएर सरकारमा सहभागी गराउने कसरत थियो । फोरमले भने संविधान संशोधन गर्न तयार भए २ मन्त्रालयसहित सरकारमा सहभागी हुने भनेको थियो । 

संविधानको धारा २७४ संशोधन गर्ने सहमति भएपछि सरकारमा जान तयार भएको फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उज्यालोलाई बताउनुभयो । तर संशोधनवारे राजनीतिक सहमति नभइसकेको श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार पर्याप्त बँुदागत सहमति गरेर मात्र फोरम सरकारमा सहभागी हुनेछ । 

बाँकी ८ मन्त्रालय परेको एमालेको भागमा १५ भन्दा बढी मन्त्रीको लाइनमा देखिएपछि मिलाउन प्रधानमन्त्री ओलीलाई थप सकस भएको थियो । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका ओलीले खतिवडा ठाउँमा रक्षामन्त्री बनाइएका इश्वर पोखरेलको नाम चर्चामा थियो । तर पोखरेललाई सरकारको दोश्रो वरियता हुने गरी रक्षामन्त्रीमा नियुक्त गरियो ।

माओवादीमा पनि  गृहका लागि विवाद चरम उत्कर्षमा पुगेको थियो । गृहका लागि जनार्दन शर्मा र वर्षमान पुनको दौडधुप थियो । तर रामबहादुर थापा ‘बादल’लाई गृह र मातृका यादवलाई उद्योग वाणिज्य तथा आपुर्तिमन्त्रीमा नियुक्त गरियो । सरकारको दोश्रो पोखरेल र तेस्रो वरीयतामा थापा रहने भएकाछन् ।  

फोरम सहभागी भएसँगै मन्त्रालय भागवण्डा 

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने पक्का भएसँगै एमाले र माओवादीले भागवण्डा गरेका मन्त्रालयमा हेरफेर हुनेभएको छ । परराष्ट्रसहित राज्यमन्त्री दिने गरी सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको आकांक्षा देखिए पनि फोरमले भने परराष्ट्रसहित २ मन्त्रालयको माग गरेका थिए । 

दुई पार्टीको लागि भएका मन्त्रालयको भागबण्डामा परराष्ट्र एमालेको भागमा परेको थियो । माओवादीको भागमा परेको ७ मन्त्रालयवाट १ मन्त्रालय फोरमलाई दिई २ मन्त्रालयसहित फोरमलाई सरकारमा सहभागी गराउने बुझिएको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook