Total Hits: 0

​नेपालले पायो १ सय ७२ रनको लक्ष्य

  • Posted: Tuesday, Feb 27, 2018 18:47 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ –  विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको युएईले २८.५ ओभरमा १० विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ । १ सय ७२ रनको विजयी लक्ष्यका साथ नेपाल केहीबेरमा जबाफी ब्याटिङमा उत्रदै छ । 

नेपालका लागि ललित भण्डारीले सर्वाधिक चार विकेट लिए ।  पहिलो विकेट लिएका उनले ४ रन बनाएर खेलेका युएईका रोहन मुस्ताफालाई पहिलो विकेटको रुपमा आउट गरेका हुन् । दोस्रो विकेटको रुपमा १६ रन बनाएर खेलेका साइमन अनवरलाई आउट गराएका भण्डारीले तेस्रो विकेटको रुपमा  महम्मद उस्मानलाई २६ रनमा आउट गराए । चौथो विकेट मोहम्मद बुटालाई १ रनमा पेभेलिएनको बाटो देखाए ।  

दुई विकेट लिएका अर्का बलर ललित राजवंशीले युएईका रमीज साहनजलाई शून्य रनमा र ४२ रन बनाएर खेलेका युएईका अस्पाक अहमदलाई  दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए । 

नेपालका कप्तान पारस खडकाले एक विकेट लिए । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । तीन विकेट लिएका नेपालका करण केसीले युएईका अदनाम मुफ्तीलाई ३७ रन र मोहम्मद नावीदलाई १ रन र चिराक सुरीलार्इ १ रनमा आउट गराए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook