Total Hits: 0

​तेस्रो झापा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पूरा

  • Posted: Tuesday, Feb 27, 2018 18:29 PM ( 4 years ago )

झापा, फागुन १५ – यही फागुन १९ गतेदेखि आयोजना हुन गइरहेको मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो झापा गोल्डकप २०७४ अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । 

डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि प्याराफिट निर्माण, ग्राउन सम्याउने, स्टेज निर्माण तथा प्रतियोगिता व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । प्र्रतियोगितामा एक अन्तराष्ट्रियसहित १० टिमको सहभागिता रहने छ । 

जसमा आयोजक टिम रमपम झापा ११, मनाङ मस्र्याङ्दी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदूरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाइटेड क्लब रहेका छन् । प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५१ हजार ट्रफी र प्रमाणपत्र तथा उप–विजेताले नगद ६ लाख ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै प्रतियोगिताको प्रत्येक दिन म्यान अफ् द म्याचलाई नगद २५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसैबीच रमपम झापा ११ का एक जना खेलाडीलाई लाइफटाइम एचिभमेण्ट अवार्ड स्वरुप १ थान मोटरसाइकलसमेत प्रदान गरिने मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो । 

प्रतियोगिताको टिकट दर १ सय रुपैयाँ, सेमिफाइनलमा २ सय र फाइनल खेल हेर्नका लागि ३ सय रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook