Total Hits: 0

देउवालाई संसदीय दलको नेताको लोभ नगर्न आफ्नै पक्षका नेताको दबाब

  • Posted: Tuesday, Feb 27, 2018 18:05 PM ( 4 years ago )

लक्ष्मण कार्की/उज्यालो ।

काठमाडौं, फागुन १५ – नेपाली कांग्रेसभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने गृहकार्य सुरु भएको छ ।

 

सभापति शेरबहादुर देउवा इच्छुक रहे पनि उहाँ निकटकै केही नेताहरुले यसपटक लोभ नगर्न आग्रह गर्दै महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत  संसदीय दलको नेता बनाउन  दबाब दिन थालेका हुन् । 

श्रोतहरुका अनुसार उनीहरुले संसदीय दलको नेताको दावी छोडे पार्टीभित्रै खेप्नुपरिरहेको आलोचना कम हुने र पार्टी रुपान्तरणको बाटोमा रहेको सकारात्मक सन्देश पनि जाने भन्दै देउवालाई कन्भिन्स गराउन खोजिरहेका छन् । 

संसदीय दलको नेता भए पनि प्रधानमन्त्री बन्न पाउने अवस्था नभएकाले चुनाव गरेर पार्टीभित्र अझै गुट–उपगुटलाई प्रश्रय दिइरहेको अपजस नलिन सभापति देउवालाई आग्रह गरिरहेका छन् । पार्टी कमजोर भइरहेको अवस्थामा संसदीय दलको नेता सर्वसम्मत हुँदा त्यसले नेता कार्यकर्तामा सकारात्मक प्रभाव पार्ने भएकाले आफूहरुले पहल गरिरहेको तर अहिल्यै केही भनिहाल्न सक्ने अवस्था भने नरहेको एक नेताले बताए । 

दलको नेता सर्वसम्मत बनाउन र सभापति देउवालाई बन्न नदिने पौडेल पक्ष सक्रिय त छ नै यसबारे देउवा पक्षका नेताहरु डाक्टर प्रदीप गिरी, डाक्टर नारायण खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले अग्रसरता लिइरहेका हुन् । 

संसदीय दलमा सभापति देउवा बहुमतमा रहेको देखिएपनि पार्टीभित्रको चुनाव भएकाले केही सांसदले फ्लोर क्रस गरे देउवाले हार्नसक्ने खतरा पनि रहेको भन्दै नेताहरुले सर्वसम्मतिको प्रयास तीव्र बनाएका हुन् । 

प्रवक्ता शर्माले आफूले स्वयम यसको पहल गरिरहेको बारे केही बताउन चाहनुभएन तर सर्वसम्मति पहिलो प्राथमिकतामा रहेको र सुखद नतिजा आउनेमा आफू विश्वस्त रहेको  बताउनुभयो । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघिसम्म सभापति देउवा यस विषयमा सकारात्मक रहे पनि बैठकमा वरिष्ठ नेता पौडेलले आफ्नो मानमर्दन गर्ने गरी पर्चा बाँडेपछि देउवा रिसाएको उहाँ निकट नेताहरुले बताएका छन् । तर दलको नेता बने पनि प्रधानमन्त्री बन्ने सम्भावना कम मात्र रहेको र आफू पार्टीलाई रुपान्तरण गर्दै अघि बढ्न तयार रहेको भन्ने सन्देश दिन पनि देउवा शशांकलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन तयार हुने सम्भावना धेरै रहेको नेताहरुले बताएका छन् । 

शशांकको सम्भावना धेरै 

दलको नेताका लागि देउवासँगै महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह दावेदार हुनुहुन्छ । सिंहले देउवासँग चुनावै लड्न तयार हुनुहुन्छ भने कोइराला सर्वसम्मत भएमा मात्र आफू अघि सर्ने बताउनुभएको छ । यस्तो अवस्थामा डाक्टर कोइरालालाई सर्वसम्मत बन्न सक्ने सम्भावना धेरै देखिएको छ ।

सर्वसम्मत भए दलको नेता बन्न तयार रहेको बताएका कोइरालाले यसबारेमा सभापति शेरबहादुर देउवासँग भेट र छलफल पनि गरिरहनुभएको छ । उहाँले कांग्रेसका तर्फबाट निर्वाचित सांसदलाई सामूहिक खाना खुवाउने तयारी गर्नुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook