Total Hits: 0

​ललित राजवंशीले लिए युएईको तेस्रो विकेट

  • Posted: Tuesday, Feb 27, 2018 17:31 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ –  विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ गरिरहेको छ । युएर्इ ताजा अवस्थामा ३ विकेटको क्षतिमा १६ ओभरको समाप्तिमा ७८ रन बनाएर खेलिरहेको छ ।


नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए । 

युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । १५ औं ओभरको पहिलो बलमा राजवंशिले युएईका रमीज साहनज शून्य रनमा नै आउट गरेका हुन् । 

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुने भनिए पनि पानी परेका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको हो । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका हुन । नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो । 

जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ ।

नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र  लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook