Total Hits: 0

प्रदुषित बन्दै नारायणी, सफाइका लागि मेयर नै अघि सरे

  • Posted: Tuesday, Feb 27, 2018 17:25 PM ( 4 years ago )

राधेश्याम खतिवडा, उज्यालो । 

चितवन, फागुन १५ – चितवन र नवलपारासीको सीमा हुँदै वहने नारायणी नदी प्रदुषित हुँदै गएपछि सफा राख्नको लागी सरोकारवालाहरुले चासो देखाएका छन् ।

समयमै ध्यान दिन नसक्दा नदी फोहोर हुने क्रम बढेकाले सफाईका लागि अभियान नै चलाइएको छ । नारायणीलाई वागमती हुनबाट जोगाउनैका लागि समयमै सरसफाई अभियान चलाएको उनीहरुले बताएका छन् । 

नारायणगढ बजार क्षेत्रबाट निस्कने ढल सिधै नदीमा मिसाइनु, नदीमा कपडा धुने, गाडी धुने, मरेका पशु फाल्ने र फोहोरसमेत नदीमै फाल्ने जस्ता समस्याले गर्दा नदी फोहोर हुँदै गएको छ । देवघाटमा मानिसको अन्त्यष्ेटी गर्दा प्रयोग भएका कोइला, फालिएका कपडाले पनि नदी प्रदुषण बन्दै गएको छ । पवित्र नदीलाई समयमै सफा गर्न सकेपछि समस्या नआउने भन्दै सरोकारवालाले नदी सरसफाई अभियान चलाएका हुन् । 

नारायणी नदी किनारलाई सफा राखेर पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गर्ने लक्ष्यसहितको योजना बनाइएको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चिवन, स्थानीय संघ संस्थाको सक्रियतामा यसलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यसहित काम अगाडि बढाइएको छ । 

भरतपुर र नारायणगढ क्षेत्रबाट नदीमा मिसाइएका ढल प्रशोधन गर्नका लागि १० वर्ष पहिला नै एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको ढल प्रशोधन केन्द्रको परिकल्पना पनि प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

केही संरचना निर्माण भएको अवस्था रहे पनि व्यवस्थित रुपमा सञ्चालनमा आउन नसक्दा समस्या देखिएको छ । प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अहिले बजार क्षेत्रबाट अधिकांश ढल सिधै नारायणी नदीमा मिसाइएको छ । 

बनेको संरचनालाई प्रयोगमा ल्याउन र ढल नदीमा मिसाउने काम तत्काल रोक्नुपर्ने सरोकारवालाले बताएका छन् । नारायणगढका बासिन्दा चन्दन अग्रवालले ढल नियन्त्रण तत्कालै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि नदीमै ढल मिसाइएको अवस्था छ । प्रशोधन केन्द्रलाई प्रयोगमा ल्याएर ढल व्यवस्थापन गर्नुपर्छ ।’

पवीत्र नदी नारायणीलाई समयमै संरक्षण गर्न नसके दोश्रो वागमती हुन सक्ने बताउदै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलले महानगर र उद्योग वाणिज्य संघले नेतृत्व गर्दै अन्य संघ संस्थासँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।

नवलपरासी र चितवन क्षेत्रमा नारायणी नदी किनारका वस्ती बजारसँग पनि समन्वय गर्नुपर्ने बताउनुभयो । नदी फोहर हुँदा नदीमा रहने जिवजन्तु समेत प्रभावित हुँदै गएको छ । नदीमा पहिले पहिले घडियाल गोही, माछा जस्ता जलचर र चराचुरुङ्गी देखिने भए पनि प्रदुषण बढेपछि अहिले देखिने छाडेका छन् ।  

नदीमा प्रदूषण बढ्दै गएपछि सरोकार राख्ने निकायले नदी किनार सरसफाई समेत गर्दै आएका छन् । महानगरकी प्रमुख रेणु दाहालसहितको टोलीले नदी किनारको सरसफाई गरेको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दहालले नदी प्रदुषण बढ्दै गएकोले व्यवस्थापन गरी सरसफाई कार्यलाई निरन्तरता दिने बताउनुभयो । 

तस्बिरः चन्दन अग्रवाल

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook