Total Hits: 0

मुख्यमन्त्री शाहीले विश्वासको मत प्रात्त गरे

  • Posted: Tuesday, Feb 27, 2018 16:24 PM ( 4 years ago )

सुर्खेत, फागुन १५ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

सोमबार भएको प्रदेशसभाको पाँचौ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्नुभएको थियो । 

मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वाम गठबन्धन अनुसार नेकपा एमालेको सर्मथनमा मुख्यमन्त्री बन्नुभएका शाहीले एमालेकै सर्मथनमा दुई तिहाई भन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको हो ।


 
सभामुख बाहेक ३९ सदस्य रहेको प्रदेश सभामा भएको मतदानमा सरकारको पक्षमा ३२ मत परेको छ भने विपक्षमा ६ मत गरेको छ । प्रदेश सभामा एमालेका सभामुख बाहेक १९ र माओवादीका १३ सांसद रहेका छन् ।  कांग्रेस र राप्रपाले विपक्षमा मत दिएका छन् । 

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई सबैको एकतामा समृद्धि गराउनुपर्ने भन्दै पक्ष र विपक्ष नभएर मतदान गर्न सबैलाई अनुरोध गर्नुभएको थियो । उहाँले अहिले सबै नयाँ व्यवस्था भएकोले सबै राजनितिक दलहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता भएकाले नेपाली काँग्रेस र राप्रपासंग पनि मत माग्नुभएको थियो । उहाँले विपक्षी दलको सहयोग लिएर प्रदेशको समृद्धिका लाग्ने बताउनु भयो । 

यस्तै एमाले संसदीय दलका नेता यमलाल कंडेलले मुख्यमन्त्री शाहीलाई समर्थन गर्दै प्रदेश निर्माणको जंगमा एमाले विश्वासमा अडिक रहेको बताउनुभयो । उहाँले प्रदेशका जनताको अपेक्षा अनुसार काम गर्न र प्रदेशलाई समृद्धि गराउन एकतावद्ध हुनुपर्ने पनि बताउनु भयो । 

माओवादीकी संसदीय दलककी प्रमुख सचेतक सिताकुमारी नेपालीले अहिलेसम्म सहमति र सहकार्यमा अघि बढिरहेकोले सरकारलाई सहयोग गर्ने बेला भएको भन्दै कांग्रेस र राप्रपासंग पनि मत माग्नुभयो । उहाँले जनताको जीवनस्तर उकास्न र समृद्धिको ठोस योजना निर्माण गर्न एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो ।  

कांग्रेस र राप्रपाको विपक्षमा मत 

सरकारलाई विपक्षमा रहेर रचनात्मक सहयोग गर्ने भएको कारण सरकारको विपक्षमा मत दिएको कांग्रेस र राप्राका सांसदहरुले बताएका छन् । नेपाली कांग्रेस ससंदीय दलका नेता जीवनबहादुर शाहीले सरकारसँग आफूहरुले विश्वास गरेर पनि सरकारलाई सचेत र सुझाव दिनका लागि प्रतिपक्ष भएर रचनात्मक सहयोग गर्ने भन्दै विश्वासको मत नदिने बताउनुभयो ।

‘सरकारप्रति हाम्रो पूर्ण विश्वास छ तर हामी मत दिन सक्दैनौँ’ उहाँले भन्नुभयो, ‘अब हामी जनता बलियो भएको हेर्न चाहन्छाँै । यो प्रदेश समृद्धि भएको हेर्न चाहान्छाैँ  । प्रदेश बनाउन हामी सबैको दायित्व हो । हामीसंग भएका आइडियाहरु सरकारलाई दिएर प्रदेश बनाउन एक स्टेप अघि बढ्छाैँ ।’ उहाँले सरकारले रोजगारी सृजना गर्ने र उत्पादनमुलक कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले वाम गठबन्धन फुट्छकी भन्ने शंका भएकाले सरकार नभत्कियोस भन्दै वाम गठबन्धन भित्रको विश्वास कायम रहन पनि उहाँले शुभकामना दिनुभयो ।

यस्तै राप्रपाकी सांसद शोसिला शाहीले सरकारको काम कारवाहीलाई विपक्ष भएर रचनात्मक रुपमा सहयोग गर्न आवश्यक भएकाले विश्वासको मतको विपक्षमा मतदान गरेको बताउनुभयो । ‘हाम्रो पार्टी राप्रपा  कर्णाली प्रदेशको  समृद्धि, आर्थिक विकास र दिगो शान्तिको पक्षमा छ’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी सरकारसंग समन्वय र सहकार्य गरेर अघि बढ्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook