Total Hits: 0

आर्सनलले नयाँ प्रशिक्षक राख्नुपर्छ : इयान राइट

  • Posted: Tuesday, Feb 27, 2018 14:47 PM ( 4 years ago )

फागुन, १५ – आर्सनलका पूर्व स्ट्राइकर इयान राइटले क्लबले नयाँ सिजनमा नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । एक अन्तरवार्ताका क्रममा राइटले आर्सेन वेङ्गरको प्रशिक्षणमा पछिल्लो एक दशक भन्दा लामो समय आर्सनलले समर्थकहरुलाई खुशी दिन नसकेको प्रतिक्रिया दिए ।

लिग कपको फाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित भएपछि आर्सेन वेङ्गरको चर्को आलोचना भैरहेको छ । इंग्लिस फुटबलका विश्लेषकहरुले पनि आर्सनलले वेङ्गरको विकल्प खोज्नु पर्ने बताइरहँदा राइटले पनि नयाँ सिजनमा आर्सने वेङ्गर प्रशिक्षककै भूमिकामा रहनुमा कुनै फाइदा नरहने बताए ।

आर्सनलका लागि २ सय ८८ खेलमा १ सय ८५ गोल गरिसकेका राइटले आर्सनल फेरि विपक्षीलाई कडा टक्कर दिने टिम बन्नु पर्ने बताए । ‘आर्सनलले नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ जसले गर्दा समर्थक तथा खेलाडीमा नयाँ रोमाञ्चकता ल्याउँछ ।’ उनले भने ‘सबै टिमले प्रगति गर्दै शीर्ष पाँच भित्र पर्न सफल भइरहेका छन् । तर आर्सनल अर्कै बाटो हिँडिरहेको छ ।’ सन् १९९७–९८ सिजनमा आर्सनललाई प्रिमियर लिग जिताएका राइटले भने ।

आर्सनलको ६६ प्रतिशत शेयरको मालिक अमेरिकी स्टान क्रेएन्केले क्लबप्रति कुनै चासो नदेखाएको आरोप पनि उनले लगाएका छन् । क्लबको यो प्रदर्शनमा क्रोएन्केले जिम्मेवारी लिनु पर्ने धारणा राइटको छ । ‘क्रोएन्केले क्लबप्रति अलिकतिमात्र चासो देखाएको भए खराब प्रदर्शनका बाबजूद वेङ्गरको थप दुई वर्ष सम्झौता लम्बिने थिएन ।

थिएरी हेनरीको चर्चा

आर्सनलका कीर्तिमानी गोलकर्ता थिएरी हेनरीले आर्सनलको बागडोर सम्हाल्न आफू इच्छुक रहेको बताइसकेका छन् । हाल बेल्जियमका सहायक प्रशिक्षकको जिम्मेवारी लिइरहेका हेनरीको आर्सनलप्रति ठूलो आस्था र माया भएको इयान राइटले बताएका छन् ।

सन् १९९९ देखि २००७ सम्म आर्सनलमा खेल्दै हेनरीले २ सय ५४ खेलमा १ सय ७४ गोल गर्दै आर्सनलको सर्वकालिक कीर्तिमान तोडेका थिए । उनले आर्सनललाई दुईवटा प्रिमियर लिग पनि जिताएका थिए ।

‘थिएरी आर्सनलका राजा हुन् । क्लब यो अवस्थामा आइपुग्दा प्रशिक्षकको जिम्मेवारी आफ्नो काँधमा लिनका लागि उनी पनि उत्साहित हुनेछन् ।’ राइटले थपे, ‘तर मुख्य प्रशिक्षकको अनुभव नपाएका थिएरीको आर्सनल सम्हाल्ने क्षमताका बारेमा भन्न सक्दिन ।’

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook