Total Hits: 0

​किंग्स इलेभेन पञ्जाबको कप्तान आश्विन

  • Posted: Tuesday, Feb 27, 2018 13:30 PM ( 4 years ago )

फागुन, १५ – किंग्स इलेभेन पञ्जाबले रविचन्द्रन आश्विनलाई कप्तान घोषणा गरेको छ । इण्डियन प्रिमियर लिग (आइपीएल)को आउँदो संस्करणका लागि पञ्जावले उनलाई ७.६ करोड भारुमा आवद्ध गरेको थियो ।

भारतीय टिमका स्पीनर आश्विनले घरेलु टिम तामिल नाडुलाई विभिन्न प्रतियोगितामा नेतृत्व दिएपछि आइपीएलमा उनले पहिलो पटक कप्तानको भूमिका निभाउने भएका हुन् । ‘अरु खेलाडी भन्दा आश्विनले टी–२० धेरै राम्रोसँग बुझेका छन् ।’ पञ्जावका निर्देशक वीरेन्द्र सहवागले भने, ‘केही भिन्न गर्ने हाम्रो सोचाइका लागि आश्विन सर्वोत्तम विकल्प हुन् ।’

आश्विनले सन् २००९ देखि २०१५ सम्म चेन्नई सुपरकिंग्सबाट खेलेका थिए । चेन्नई प्रतिबन्धमा परेपछि उनले सन् २०१६ मा राइजिङ पुने सुपरजायन्टबाट खेले भने स्वास्थ समस्याका कारण अघिल्लो सिजन कुनै खेल खेल्न सकेनन् ।

यसअघि सबै आइपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेका आश्विनलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्दै भारतीय टिममा पुनरागमनको बाटोसमेत खुल्नेछ ।

आइपीएलको सबै संस्करणमा सहभागिता जनाए पनि पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook