Total Hits: 0

​अन्तरिम विधानको कार्यतालिका बनाउन कार्यदलको बैठक बस्दै

  • Posted: Tuesday, Feb 27, 2018 10:43 AM ( 4 years ago )

काठमाडौं, फागुन १५ – एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक मंगलबार बस्दैछ ।

दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिने एमाले सचिव तथा कार्यदलका प्रवक्ता गोकर्ण विष्टले उज्यालोलाई जानकारी दिनुभयो । २५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर पार्टी अध्यक्षहरुलाई बुझाउने गरी मंगलबारदेखि नै तिब्र गतिमा काम अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिरम विधान निर्माणको लागि यसअघि नै नेताहरुले एक अर्काको अहिलेको विधान केन्द्रदेखि गाउँसम्म भएका कमिटिको अध्ययन गरिसकेका छन् । अन्तरिम विधान निर्माणको लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ, बेदुराम भुसाल, गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको कार्यदल बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook