Total Hits: 0

कुचो बोकेर सडक सफा गर्न निस्के ​प्रदेश २ का मुख्यमन्त्री राउत

  • Posted: Tuesday, Feb 27, 2018 09:48 AM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, फागुन १५ – मंगलबार बिहान हातमा कुचो, मुखमा मास्क लगाएर मुख्यमन्त्री राउत नै सडकमा देखिनुभएको थियो । राउत आफै सडकमा उत्रेपछि बाटोको छेउमा उहाँलाई हेर्नेको लाम लागेको थियो ।

जनकचोक हुँदै जानकी मन्दिसम्मको सरसफाइमा मुख्यमन्त्री राउत सहभागी हुनुभएको थियो । मुख्यमन्त्री बनेपछि राउत पहिलो पटक यसरी कुचो लिएर सडकमा उत्रिनु भएको हो । राउतले प्रदेशलाई स्वस्थ्य बनाउन आफू सडकमा उत्रेको प्रतिक्रिया दिनुभएको थियो ।

‘कुनै पनि ठाउँको परिचय त्यस स्थानको सरसफाइ र वातावरणले पनि दिन्छ’, मुख्यमन्त्री राउतले भन्नुभयो, ‘त्यसैले यस प्रदेश भित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सरसफाइ अभियान चलाउनु पर्छ, तब मात्र हामी स्वच्छ, सफा र स्वस्थ्य हुनसक्छौं ।’

उहाँले मठमन्दिरको छेउ छाउ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने समेत चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook